Categories
ताजा समाचार

भिरवाट खसेको जीप टुक्रा–टुक्रा भएर ५ सय मिटर तल पुग्यो, तीन ज*नाको गयो ज्या*न

काठमाडौं, १९ मंसिर । डोटीको जोरायल गाउँपालिका वडा नं २ मा गए राति भएको जीप दुर्घ टनामा चालकको ज्यान गएको छ । से १ ज २०३९ नम्बरको महेन्द्रा जीप गए राति दुर्घ टना भएको हो । कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जीप राति साढे ८ बजेतिर अनि यन्त्रित भई दुर्घ टनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

ज्यान गुमाउनेमा जोरायल ४ बस्ने अन्दाजी २१ वर्षीय जीप चालक आश्रम थापा मगर रहेको प्रहरीले जनाएको छ । जीप के कति कारणले अनि यन्त्रित भएको हो भन्ने विषयमा छान बिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै पाल्पामा जीप दुर्घ टना हुँदा २ जनाको ज्यान गएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट जीप ख सेको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार भीरमा दुईवटा श व देखिएको र गाडी टुक्रा–टुक्रा भएर ५ सय मिटरभन्दा तलसम्म पुगेको छ । घट नाको विस्तृत विवरण आउन बाँकी रहेको ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी राम शाहले जानकारी दिए ।

यो पनि पढनुहोस : साग–क्रिकेटमा नेपालको जित

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई १४१ रनको फराकिलो रनअन्तरले पराजित गर्दै जित हात पारेको हो । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको भूटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । भूटानका लागि मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए ।

त्यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । भूटानलाई सस्तैमा समेट्नेक्रममा नेपालका पारस खड्काले २ विकेट लिए भने करन केसी, ललित राजवंशी र पवन सर्राफले समान १÷१ विकेट झारे ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक १०७ रनको योगदान दिए । ५५ बल खेल्दै उनले ५ चौका र ९ छक्कासहित १०७ रनको योगदान दिएका हुन् ।

त्यस्तै पारस खड्काले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन बनाए । पारसले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन जोडे भने दीपेन्द्रले २७ बलमा ४ चौका र २ छक्कासहित ४५ रनमा अविजित रहे ।

त्यस्तै रोहितकुमार पौडेलले ६ तथा आरिफ शेख ४ रनमा अविजित रहे । भूटानका कर्मा दोर्जीले दुई तथा तोब्डेन सिङ्गेले एक विकेट झारे । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published.