Categories
ताजा समाचार

दुई वर्ष अघि विवाह गरेर ल्याएकी श्रीमतीलाई श्रीमानले लगाए जि*उँदै आ* गो, उप*चारका क्रममा नि*धन

काठमाडौं, १९ मंसिर । काठमाडौं, १९ मंसिर । डोटी शिखर नगरपालिकाकी एक युवतीलाई जिउँ दै आ गो लगाइएको छ । उनको उपचारका क्रममा निधन भएको छ । जिउँदै आ गो लगाएका कारण ग म्भिर अवस्थामा पुगेकी उनलाई उपचारका लागि भारत लगिएकोमा अस्पतालमै निधन भएको हो । डोटीको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको उपचारका क्रममा निधन भएको छ । उनलाई आ गो लगाएर ह त्या गरेको माइती पक्षले आ रोप लगाएका हुन् ।

उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आ गो लगाएर ह त्या गरेको भावनाका दाई शालिग्राम भट्टले आ रोप लगाएका छन् । उनका श्रीमानले नै आफ्नो बहिनीर्ला जि वितै आ गो लगाएको आ रोप माइती पक्षको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसपी० दिलीपसिंह देउवाले घट नाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताए । प्रहरी प्रमुख देउवाले भने “घट नाबारे कुनै जानकारी र उ जुरी आएको छैन, उ जुरी आएपछि प्रहरीले आफनो काम थाल्ने छ ।”

शरीरमा आ गो लागेपछि मङ्सिर ७ गते ग म्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पु¥याइएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भावनालाई सेती प्रादेशिक अस्पताल कैलाली पठाएकामा कैलालीबाट पनि उनलाई थप उपचारका लागि भारतको बलेरी लगिएको थियो । बेरी अस्पतालले उनको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा निधन भएको थियो । भावना र शर्माबीच दुई वर्षअघि मात्रै बिवाह भएको उनको घरपरिवारले जनाएको छ ।

सागले भ्रमण वर्षलाई सहयोग पु¥याउने विश्वास

यतिबेला पोखरा सागमय बनेको छ । १३ आँै दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत पोखरामा आठ खेल भइरहेका छन् । साग खेलका लागि ८४० खेलाडी र अफिसियल यतिबेला पोखरामा छन् ।

पोखराको सुन्दरतासँग रमाइरहेका खेलाडीबाट नेपाल भ्रमण वर्षको प्रचारप्रसार हुने विश्वास गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले लिनुभएको छ । सागले पर्यटन क्षेत्रमा उत्साह थपेको उहाँको भनाइ छ । मन्त्री लम्साल भने, “यतिबेला नेपालबाहेक छ देशका खेलाडीको जमघट छ । उनीहरु पोखरामा खेलमात्र खेलिरहेका छैनन् । यहाँको सौन्दर्यमा पनि रमाइरहेका छन् ।”

“साहसिक खेलको शहर पोखराका धेरै कुराले पनि सागमा सहभागी खेलाडीबाट प्रचारप्रसार हुने विश्वास हामीले लिएका छौँ”, उनले भने “नेचर, कल्चर र एडभेन्चरलाई अन्तरराष्ट्रिय बजारमा बिकाउन खोजिरहेका छौँ, यस खेलबाट पक्कै पर्यटन प्रवद्र्धन हुनेछ ।” संस्कृतिको खानी पोखराको आसापास स्थानको अवलोकन गराउन सके अझ प्रचारप्रसार हुने उहाँले विश्वास व्यक्त गरे । उनले होटल व्यवसायीलगायत सम्पूर्णले राम्रो आतिथ्यतामा जोड दिनुपर्ने बताए।

त्यसैगरी पर्यटन व्यवसायीहरुमा पनि साग खेलले बेग्लै उत्साह थपेको साग खेल आवास तथा खाना व्यवस्थापन समितिका संयोजक एवं पर्यटन व्यवसायी सूर्य भुजेलले बताए । “आ–आफ्नो देशका ट्र्याकसुटमा बिहान–बेलुका खेलाडीको टिमको लर्कोले लेकसाइडमा रौनक थपेको छ । यो हाम्रा लागि निकै ठूलो अवसर हो । हामी पैसाले गर्न नसक्ने विज्ञापन खेलाडीबाट भइरहेको छ”, उनले भने । पोखरामा रहेका खेलाडीले काठमाडौँका खेलाडी साथीलाई पोखराका बारेमा बताइरहेको र खेल सकिएका खेलाडी काठमाडौँबाट पोखरा घुम्न आउने तयारीसमेत गरेको भुजेलले जानकारी दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले साग खेल पोखरामा हुनुलाई सुनौलो अवसरका रूपमा लिएको बताउनुभयो । उनले भने, “पोखराको सदाबहार अनुकूल हावापानी, सौन्दर्यसँगसँगै हामीले प्रदान गरेको आतिथ्यताले पनि विदेशी खेलाडी खुशी भएका छन् । यो पनि पर्यटन प्रवद्र्धनका लागि एउटा सकारात्मक पक्ष हो ।” “कति कुरा तत्काल देखिँदैन तर त्यसको परिणामपछि आउँछ । अहिले पोखरामा भएको साग खेल भ्रमण वर्ष २०२० लाई सघाउनेमा आफू विश्वस्त छौँ”, उनले भने ।

रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराका अध्यक्ष भीमसेन भुजेल पनि पोखरालाई अन्तरराष्ट्रिय जगत्मा चिनाउन उपयुक्त अवसर आएको बताए । “हामीले विभिन्न ठाउँमा सेल्समिशन कार्यक्रममार्फत पर्यटन प्रवद्र्धन गर्दै आएका छौँ । तर, यतिबेला नेपालबाहेक छ देशका विदेशी खेलाडी नेपालमा छन् । उनीहरुले प्रत्यक्ष यहाँको सुन्दरता रहनसहन र संस्कृति देख्न पाएका छन् । यसले पक्कै पनि आफ्नो देश पुगेपछि नेपालको सुन्दरताको व्याख्या गर्नेछन् । नेपाल आउन प्रेरित गर्नेछन्”, उनले

Leave a Reply

Your email address will not be published.