Categories
ताजा समाचार

कक्षा ५ को परीक्षा दिएर राजनीतिमा हाम फालेकी मन्त्रि मगरको सं’घर्षपूर्ण यात्रा

काठमाडौं। सानै उमेरदेखि एक जोदाहाका रुपमा देखा परेकी बिना मगरले कलिलो उमेरमै सं’घर्षका अनगिन्ती उकाली–ओराली र घुम्तीहरु पार गर्न भ्याइन । उनलाई समय र गतिले निकै साथ दियो । समय र गतिसँगै लय मिलाउँदै उनी अघि बढिन् । जीवनका यस्ता क’ठिनाइपूर्ण यात्रामा धेरै उतारचढावहरु पनि पार गरिन् ।

सं’घर्षपूर्ण यात्राले उनको जीवनमा उचाइ पनि थप्दै गयो । यो प्रक्रियामा उनले थुप्रै चुनौतीपूर्ण कदमहरु पनि उठाइन् । यी सबैको उचित समायोजन र योगले उनलाई ३५ वर्षको कलिलो उमेरमै परिपक्व बनाएको छ । हाल उनी एक कुशल मन्त्रीका रुपमा देशको राजकाजमा सहभागी छिन् ।

मन्त्री मगर नेपालको सुदूरपश्चिम कञ्चनपुर आईबीआरडीका चन्द्रबहादुर तथा सावित्रीमाया मगरका ४ सन्तानमध्ये एक हुन् । विनाका १ बहिनी तथा २ भाई गरी उनीसहित ४ भाईबहिनीहरु छन् । वि.सं. २०५१ सालताका जनयुद्धको तयारीका क्रममा उनी जनकलाकारका रूपमा राजनीतिमा प्रवेश गरेकी थिइन्। कक्षा ५ को परीक्षा दिएर बसेकी नतिजा कुरिरहेकी उनी सौभाग्यवस त्यही बेला राजनीतिमा हाम फालेकी थिइन् ।

जनकलाकारबाटै आफ्नो राजनीतिक करियर निर्माण गर्दै अघि बढेकी उनी आँधीमय राजनीतिक यात्रामा पनि अग्र मोर्चामै रहेर काम गरिन् । यसले गर्दा उनीभित्र नेतृत्व गर्ने क्षमताको विकास हुन पुग्यो । अघि बढ्ने क्रममा मन्त्री मगरले कञ्चनपुर जिल्ला अनेम संघ (क्रान्तिकारी)को जिल्ला अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरिन् । यस पछि उनी काठमाडौं उपत्यकाको जनमुक्ति सेनाको स्पेसल टास्क फोर्स (एटीएफ्) भएर काम गरिन् । त्यसैबेला २०६० सालताका सरस्वती क्याम्पसको स्ववियु सभापतिसमेतको कार्यभार समेत सम्हालिन् ।

यु’द्धताका कञ्चनपुर जिल्लाको फस्र्ट एक्सनमा अगुवाइ गरेकी बिना उच्च शिक्षाका लागि काठमाडौं प्रवेश गरेपछि होल–टाइमर भएकी थिइन् । यु’द्धअघि, यु’द्धताका र पछि पनि राजनीतिक जीवनमा निरन्तर क्रियाशील छिन् । मन्त्री मगरले सामाजिक तथा वैयक्तिक जीवनमा ठूला चुनौतीहरुको सामना गर्दै यो सफलता प्राप्त गनै सफल भएकी हुन् ।

Leave a Reply

Your email address will not be published.