शनिबार उपनिर्वाचन भएका देशभरिका ४३ मध्ये ४० वडाका अध्यक्षको मत परिणाम सार्वजनिक भएको छ। त्यसमध्ये नेकपाले २३ वडाको नेतृत्व हात पारेको छ भने कांग्रेसले ११ सिट जितेको छ। यी ४३ मध्ये २०७४ को स्थानीय चुनावमा नेकपा (एमाले र माओवादी) ले २३ सिट जितेको थियो भने कांग्रेस १२ सिटमा विजयी भएको थियो।
यसपालिको चुनावमा नेकपाले कांग्रेसबाट ७ वडा खोसेको छ भने कांग्रेसले पनि नेकपाबाट ६ वडा आफ्नो पक्षमा पारेको छ।
हेर्नुस् कुन वडामा कसले जिते?
१. बैतडीको पुर्चौडी नगरपालिका ४ मा नेकपाका शैलेन्द्र धानुक विजयी भएका छन्। २. कञ्चनपुरको पुनर्वास ३ मा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन्।
३. बाजुराको त्रिवेणी-१ नेकपाका मनराजे बुढा विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो। ४. अछामको मल्लेख गाउँपालिका- ५ मा नेकपाका रमेशबहादुर खड्का विजयी भएका छन्। यहाँ पहिला कांग्रेस विजयी भएको थियो।
५.बाँके कोहलपुर-६मा नेकपाका रामशरण थारू निर्वाचित भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो। ६.सल्यानको कुमाख गाउँपालिका- ५ नेकपाका धर्मे बुढाथोकी विजयी भएका छन्।
७. रोल्पाको थवाङ १ मा नेकपामा जनकबहादुर बुढा मगरले जितेका छन्। यहाँ पहिला स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। ८. घोराही उपमहानगर- १६ मा कांग्रेसका ताराबहादुर डिसी विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।
९. प्युठान नगरपालिका- २ मा नेकपाका मुक्ति पोखरेल विजयी भएका छन्। १०. अर्घाखाँचीको मालारानी-३ मा कांग्रेसका शोभाकर खनालले जितेका छन्। यहाँ पहिला नेकपाले जित हात पारेको थियो।
११. लमजुङको सुन्दरबजार नगरपालिका- २ मा नेकपाका नवीनकुमार श्रेष्ठ निर्वाचित भएका छन्। १२. बर्दघाट-५ मा नेकपाका खिमबहादुर थापा विजयी भएका छन्।
१३. चितवनको भरतपुर-१६ कांग्रेसका अमृतराज हमाल विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो। १४. पर्साको सखुवा पर्सौनी गाउँपालिका- ५ समाजवादीका रूपलाल कुमार यादवले जित हात पारेका छन्।
१५. बारागढी गाउँपालिका- १ मा समाजवादी पार्टीका सुरेशबहादुर चौधरी विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो। १६. रौतहटको गढीमाई- २ कांग्रेसका दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। यहाँ पहिला राजपाले जितेको थियो।
१७. काठमाडौंको दक्षिणकाली- ३ मा नेकपाका शिवभक्ति बलामी निर्वाचित भएका छन्। १८. धुलिखेल-२ मा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन्।
१९. महोत्तरीको बलवा- २ कांग्रेसका विपिन परिजार सुडी विजयी भएका छन्। २०. रामेछापको उमाकुण्ड- ५मा नेकपाका कुलबहादुर बस्नेतले जितेका छन्।
२१. खोटाङको साकेला- ३ मा नेकपाकी शिवकला राईले जितेकै छन्। २२. खाँदबारी-३ नेकपाका भरतकुमार घिमिरे विजयी भएका छन्। २३. मोरङको धनपालथान-२ मा कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन्। साढे २ दुई वर्षअघि यहाँ नेकपाका उम्मेदवारले जितेका थिए।
२४. बैतडीमा दोगडाकेदार- ४ कांग्रेसका सुरेशप्रसाद भट्टले जितेका छन्। यहाँ पहिला नेकपाले जितेको थियो। २५. बैतडीको सुर्नया- १ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन्। २६. कपिलवस्तुको शिवराज-१० राजपाकी मन्जु मिश्र विजयी भएकी छन्। पहिला यहाँ स्वतन्त्र उम्मेदवारले जितेका थिए।
२७. गुल्मीको रूरू-६ नेकपाका गिरिप्रसाद सिंजाली विजयी भएका छन्। २८. नवलपरासी पूर्वको बौदीकाली- ५ मा नेकपाका खिमबहादुर थापा खरूमगरले जितेका छन्।
२९. चितवनको खैरहनी- ४ मा कांग्रेसका देवबहादुर बस्नेत विजयी भएका छन्। ३०. चितवनको खैरहनी-५ कांग्रसकी प्रतीमा कार्की बस्नेतले जितेकी छन्।
३१. सप्तरी छिन्नमस्ता- ७ राजपाकी प्रमिलादेवी यादव विजयी भएकी छन्। ३२. सर्लाहीको हरिपूर्वा- १ समाजवादीका श्यामवावु राय विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।
३३. सिरहाको कल्याणपुर-१२ मा नेकपाका दिलिपकुमार यादव विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेका थिए। ३४. पाँचथरको हिलिहाङ-७ मा कांग्रेसका तिलविक्रम इधिंगो विजयी भएका छन्। यहाँ २०७४ सालमा नेकपामा विजयी भएको थियो।
३५.पाँचथर फिदिम- १ मा नेकपाका गजाधर भट्टराईले जितेका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो। ३६. सिन्धुपाल्चोकको इन्द्रावती- ८मा नेकपाका केदारनाथ आचार्य विजयी भएका छन्।
३७. बाग्लुङको बढीगाड-२ मा नेकपामा ढालप्रसाद श्रेष्ठ विजयी भएका छन्। ३८. डोटीको आदर्श-२ मा नेकपाका रामबहादुर बोहोरा ले जितेका छन्।
३९. महोत्तरीको मटहानीमा- ६ मा राजपाका मोहम्मद जकिर अन्सारी विजयी भएका छन्। ४०. भोजपुरको पौवादुंमा- १ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो। श्रोत सेतोपाटि