Categories
ताजा समाचार

‘को बन्छ करोडपति’ मा विराटनगरका राजिवले जिते १ करोड

काठमाडौं : एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो ‘को बन्छ करोडपति’मा विराटनगरका राजिव जैनले १ करोड जित्न सफल भएका छन् । एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको ‘को बन्छ करोडपति’को ४२ औ अंकमा उनले १४ औं र १५ औं प्रश्नको जवाफ सही जवाफ दिएर १ करोड जितेका हुन् । अघिल्लो हप्ता ४१ औं १३ वटा प्रश्नको जवाफ दिई २५ लाख जितिसकेका थिए ।

नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमाले सञ्चालन गर्दै आएको ‘को बन्द करोडपति’मा १ करोड जित्ने जैन पहिलो प्रतियोगी बनेका हुन्। २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा भएको थियो ? भन्ने १५ औं तथा अन्तिम प्रश्नको वि.सं २०१४ माघ १९ गते उत्तर दिँदै उनले १ करोड जितेका हुन् ।

एक करोड जितेमा विश्व भ्रमणमा निस्कने योजना बनाएका जैनको सपना पूरा भएको छ । को बन्छ करोडपति’ टेलिभिजन शो मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् । आइतबार शोमा उनले १ करोड रुपैयाँ जितेका हुन् । ‘को बन्छ करोडपति’मा १ करोड जित्ने उनी पहिलो सहभागि समेत भएका छन् ।

२००७ साल प्रजातान्त्रिकपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सही उत्तर २०१४ माघ १९ गते दिएर उनले १ करोड जितेका हुन्।

जैनलाई १ करोडको चेक कार्यक्रम प्रस्तोता राजेश हमालले प्रदान गरे। शो कार्यक्रम एपी वान एचडि टेलिभिजनमा प्रशारण हुदैँ आएको छ।

शो पूरा भाग

Leave a Reply

Your email address will not be published.