Categories
ताजा समाचार

यस्तो खत*रनाक रुख, जसको नजिक जादाँ जान सक्छ ज्या*न

हामि सबैलाई थाहा छ, रुख विरुवाको छेउछाउमा जाँदा स्वास्थ्यलाई निकै फाइदा हुन्छ । रुख विरुवाको छेउमा बस्दा स्वच्छ हावापानी पाइने हुनाले धेरैजसो मानिसहरु रुख विरुवाकै ओत लागेर बस्ने पनि गर्छन् । तर कुनै यस्तो रुख बिरुवा पनि हुन्छ जुन निकै बिषालु हुन्छन् । जसले हाम्रो स्वास्थ्यलाई पनि हानी पुर्याउछन् ।

हेर्दा सामान्य लाग्ने कुनै बिरुवाले पनि हाम्रामे स्वास्थ्यलाई असर पार्न सक्छन् । त्यसैले हामिले त्यस्ता खतरनाक बिरुवा चिन्नु पनि जरुरी हुन्छ । यस्तो बिरुवा पनि पाइन्छ जसको छेउमा जादा हाम्रो ज्या:ननै जान पनि सक्छ । ‘सरबेरा ओडोलम’नाम गरेको रुख हाम्रो शरिरको लागी निकै खतरनाक छ । हेर्दा सामान्य देखिने यो रुख निकै विषालु हुन्छ ।

यसै रुखका कारण विश्वभर प्रत्येक हप्ता एक जनाको ज्या न समेत जाने गरेको छ । बैज्ञानिकहरुका अनुसार यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने गछृ । साथै यसको बिषले वाकवाकी लाग्ने, टाउको दुख्ने हुने गर्छ । जसका कारण मानिसको ज्या न पनि जान्छ ।

सरबेरा ओडोलम नामको यो विरुवा हेर्दा खुब सुन्दर र आकर्षक देखिन्छ । तर यो कति खतरनाक छ भन्ने तपाईलाई थाह नहुन सक्छ । भारत सहित दक्षिण-पूर्व एशियाका केही देशमा पाइने यो वनस्पतिले कुनै पनि बेला ज्या न लिन सक्छ ।

भनिन्छ की यो रुखले हरेक हप्ता कम्तिमा एक जानको ज्या न लिने गरेको छ । अनुसन्धानकर्ताहरुको अनुसार विश्वमा विषाक्त वनस्पति मध्ये सरबेरा नामको वनस्पति धेरै विषाक्त हुन्छ ।

सरबेरा ओडोलमको विउमा सरबेरीन नामको तत्व पाइन्छ । जुन विषाक्त हुन्छ । यसको थोरै मात्रा पनि शरिर भित्र छिर्यो भने केही मिनेटमै टाउको दुख्ने, वान्ता हुने, धड्कन बढ्ने, डाइरिया हुने लगायतका समस्या देखा पर्ने गर्छन । सरबेरा ओडोलमका बारेमा भनिन्छकी यसका कारणले मानिसको ज्या न गएमा के कारणले गयो भन्ने थाहा पाउन समेत मुस्किल हुन्छ । केही मानिसहरु यसलाई गल्तीले खाने गर्छन् ।

चिसो बढ्न थाल्यो- हिटरको प्रयोग गर्नुहुन्छ ? सतर्कता अपनाउने कि ?

मंसिरको महिना सुरु भइसकेको छ । बिस्तारै जाडो बढ्न थालेको छ । मंसिरबाट सुरु हुन थालेको जाडो माघको महिनासम्म हुन्छ । हामि जाडोबाट बच्न विभिन्न तरिकाहरु अपनाउँछौं । जाडोको लागि भनेर अहिले बजारमा तातो लुगा र जुत्ताहरु उपलब्ध हुन थालिसकेको छ । जसको प्रयोगले थोरै भएपनि तातोको अनुभव हुन्छ ।

अहिले महिला र पुरुष दुवै बाहिरी कामकाजमा व्यस्त हुन्छन् । त्यसैले पहिला जस्तो घाम तापेर जाडोबाट बच्ने समय धेरैसँग हुँदैन । त्यसैले उनीहरु जाडोलाई कम गर्नको लागि हिटर र ब्लोवरको प्रयोग गर्न बाध्य छन् । आफूले काम गर्ने ठाउँमा हिटर अथवा ब्लोवरको प्रयोग गरेर जाडोलाई भगाउने कोसिस गरिरहेका हुन्छन् ।

त्यसैले हिजोआज जाडोबाट बच्न अर्थात् जाडो कम गर्नको लागि हिटरको धेरै प्रयोग धेरै भएको पाइन्छ । चिसो हावाबाट बच्नका लागि हिटरको प्रयोग धेरै नै आरामदायक हुन्छ । तर, के तपाईंलाई थाहा छ, थोरै पनि असावधानी भयो भने तपाईंको यस्तो बानी अर्थात् हिटरको प्रयोग खतरनाक पनि हुन सक्छ रु आज हामी जाडो मौसममा हिटर बालेर सुत्ने बानीबाट हुने नोक्सानीको बारेमा केही जानकारी प्रस्तुत गर्दैछौं ।

-जब हामी कोठामा हिटरको प्रयोग गर्छौं, हिटरको तातो हावाले कोठा भित्रको कोमलता नष्ट हुन्छ । कोठा तातो हावाले भरिन्छ र हाम्रो छाला सुख्खा भएर तन्कन थाल्छ । त्यस्तो हावाले एलर्जी हुने खतरा पनि धेरै हुन्छ ।

-यदि घरमा सानो बच्चा छ भने हिटरको प्रयोग गर्दा झनै सतर्क हुनुपर्छ । हिटरबाट निस्कने हावा तातो हुन्छ । जुन बच्चाहरुका लागि अति नै खतरनाक हुन्छ । त्यो हावाले बच्चालाई पोल्ने खतरा पनि हुन्छ ।

-जुन व्यक्तिलाई श्वास-प्रश्वास सम्बन्धी समस्या हुन्छ । उनीहरुका लागि पनि हिटरले दिने तातो हावा खतरनाक हुनसक्छ । हिटरले फाल्ने तातो हावामा अक्सिजनको मात्रा कम हुने भएकोले श्वास-प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरुलाई सास फेर्न गाह्रो हुन्छ । त्यसैले दम अथवा छाला सम्बन्धी रोग भएका व्यक्तिहरुका लागि हिटरले हानि पुर्‍याउनसक्छ ।

-हिटरले तताइएको तातो कोठाबाट जब तपाईं अचानक चिसो हावाको सम्पर्कमा आउनुहुन्छ । तपाईंको शरीरले तीब्र रुपको तापमानको परिर्वतनलाई झेल्छ । कहिलेकाहीँ शरीरले त्यस्तो अन्तरलाई सहन नसकेर विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छ ।

-लामो समयसम्म हिटरको नजिक बस्दा शरीर डढ्ने सम्भावना पनि हुन्छ । लामो समयसम्म हिटरमा बस्ने बानीका कारण विभिन्न प्रकारका छालाका समस्याहरु पनि उत्पन्न हुनसक्छ ।

Leave a Reply

Your email address will not be published.