Categories
ताजा समाचार

मतदानको क्रममा कांग्रेस उम्मेदवारले पेस्तोल निकालेपछि बबाल

राँची। भारतमा पनि अहिले विधानसभा चुनाव भइरहेको छ । यहाँको झारखण्ड राज्यमा प्रथम चरणको चुनावको लागि मतदान सुरु भएको छ । यहाँ दिउँसो तीन बजेसम्म मतदान हुनेछ । चुनाव आयोगले प्रथम चरणको चुनाव नक्सली प्रभावित क्षेत्रमा भइरहेकोले मतदानको समय ३ बजेसम्म राखेको छ ।

यहाँ नक्सल प्रभावित ६ जिल्लामा १३ विधानसभा सिटका लागि मतदान भइरहेको छ । यहाँ मतदानका क्रममा छिटफुट हिंसाका घटनाहरु भइरहेका छन् । डाल्टनगंज सिटमा उठेका भारतीय कांग्रेसका उम्मेदवार केएन त्रिपाठीले मतदानस्थलमै पेस्तोल निकालेपछि यहाँ बबाल भएको छ । उनले पेस्तोल देखाएपछि मानिसहरु उग्र भएका छन् । मानिसहरुले त्रिपाठीमाथि ढुंगा हानेका छन् । त्रिपाठीले भने आफूले आत्मरक्षामा पेस्तोल निकालेको दावी गरेका छन् ।

यो पनि पढ्नुहोस् -तराई/मधेसमा एक्कासी बढ्यो चिसो

जनकपुरधाम : तराई/मधेसमा चिसो एक्कासी बढेको छ। जनकपुरधाममा बिहानैदेखि अत्यधिक कुहिरो लागेको छ। कुहिरोले २०÷२५ मिटरभन्दा पर देख्न सकिएको छैन। सवारी साधानहरु लाइट बालेर चलाइएको छ।

चिसो बढेपछि बजारमा चहलपहल घटेको छ। साताव्यापी विवाह पञ्चमीमा सहभागी हुन नेपाल र भारतसहित विभिन्न ठाउँबाट आएका हजारौं श्रद्धालु चिसोको समस्यामा परेका छन्। होटल तथा लजमा कोठा नपाउँदा अधिकांश श्रद्धालु खुला ठाउँ र मन्दिरमा बस्ने गर्छन्। जनकपुरका युवा अभियन्ता सिबेन्द्र रोहिताले बाहिर बसेका श्रद्धालुहरु चिसो बढेपछि समस्यामा परेको बताए।

श्रद्धालुहरु दुई दिन अझै बस्ने भएका कारण बिहानको समस्या ठाउँ ठाउँमा आगो बाल्न दाउराको व्यवस्था गर्नुपर्ने आवश्यकता छ। रोहिताले भने, ‘विवाह पञ्चमीमा वृद्धवृद्धाहरु बढी आउने गर्छन्। उनीहरुका लागि आगोको व्यवस्था गर्न जरुरी छ। यसतर्फ प्रशासनको ध्यान पुगोस्।’

पुर्वपश्चिम राजमार्गमा कुहिरोका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ। लाइट बालेर गाडी चलाए पनि कुहिरोले नदेखिएपछि सवारी साधान चलाउन पनि समस्या भइरहेको चालकहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published.