Categories
ताजा समाचार

उच्च सुरक्षाका बाबजुद पोखराका तीन ओटा ब*म बि*स्फोट

उच्च सुरक्षाका बाबजुद पोखराका तीन मतदान केन्द्रमा ब म बि स्फोट भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ स्थित रहेको शान्ती माबी मतदान केन्द्रमा बि स्फोट भएको छ । वि ष्फोटमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यस्तै पोखराकै वडा नं ९ को नवप्रभात मावी र वडा नं ३३ चिरगादी स्थित सरस्वती टीका मावी मा पनि बि स्फोट भएको छ । उक्त वि ष्फोटमा पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । वि ष्फोटपछि केही समय रोकिएको मतदान पुनः सुरु भएको छ ।

त्यस्तै उपनिर्वाचनलाई लक्षित गरी दाङमा बम विस्फोट गराइएको छ । जिल्लाको घमेरमही उपमहानगरपालिका वडानम्वर १६को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी वि स्फोट गराइएको हो ।

निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बि स्फोट भएको हो । बिहान ठूलो बि स्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

बि स्फोटबाट कुनै क्षति भने नभएको प्रजिअ रिजालले जानकारी दिनुभयो । कसले के बि स्फोट गराएको हो भन्ने नखुलेको उहाँले जानकारी दिनुभयो । आज घोराही १६ मा वडाध्यक्षका लागि मतदान भैरहेको छ ।

शङ्कास्पद वस्तु फेला

दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजमार्गमा बिहान साढे ११ः०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

दोगडाकेदारको वडा नं ४, सुर्नया गाउँपालिकाको वडा नं १ र पुर्चौडी नगरपालिकाको वडा नं ४ मा उपनिर्वाचनका लागि मतदान भने जारी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.