Categories
ताजा समाचार

उपनिर्वाचको लागि मौन अवधि सुरु,मौन अवधिमा मतदातालाई पैसा बाँड्न पुगेपछि हंगामा (भिडियो सहित)

बागलुङ, १३ मंसिर । यहि मंसिर १४ गते हुने उपनिर्वाचको लागि मौन अवधि सुरु भएको छ । मौन अवधिमा उम्मेदवारहरुले निर्वाचनको प्रचार प्रसार गर्न पाउँदैनन् । तर यहि मौन अवधिको मौकामा मतदातालाई प्रभावमा पार्न लुकिछिपि पैसा बाँड्दै हिडेको भन्दै नेकपाका सांसदलाई नै स्थानियले नियन्त्रणमा लिएका छन् । बागलुङ प्रदेश एकका सांसद चन्द्रबहादुर बुढा चढेको गाडी स्थानियले नियन्त्रणमा लिएका हुन् ।

अस्ति राति देखि नै मौन अवधि सुरु भएको भएपनि मतदातालाई प्रभाव पार्न सांसद नै पैसा बोकेकर हिँडेको आरोप नेपाली कांग्रेसले लगाएको छ । बागलुङ क्षत्रे नम्बर २ को ख मा भोली उपचुनाव हुँदैछ । बागलुङ २ (ख) मा हुने प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र नेपाली काँग्रेसका उम्मेदवार जीतबहादुर शेरचनबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । आफ्नो पार्टीको समर्थनमा उम्मेदवार बनेका शाहीलाई जिताउन पैसा बाँड्न हिडेको आरोप कांग्रेसले लगाएको छ ।

नेताहरुको एक टोलि गाडीमा लिएर तमानखोला गाउपालिका–१ बोङ्गादोभान पुगेका उनलाई गाडी सहित स्थानियले नियन्त्रणमा लिएका थिए । उक्त समुहले मतदातालाई विभिन्न विकास आयोजना ल्याईदिने र आर्थिक सहयोग गर्ने प्रलोभन दिईरहेको अबस्थामा फेला पारेको कांग्रेसको आरोप छ ।

स्थानियले नियन्त्रणमा लिएको गाडीमा प्रदेश सांसद चन्द्रबहादुर बुढासहित बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना, नेकपा बागलुङ ईन्चार्ज बलावती शर्मा, राजमोका जिल्ला अध्यक्ष अमर थापा , गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख सल्लाहकार गोविन्द नेपाली लगायतका नेताहरु थिए ।

https://www.facebook.com/ParewaNews1/videos/2767072596714171/

Leave a Reply

Your email address will not be published.