Categories
खेलकुद

यस्तो बन्यो पोखरामा अन्तर्राष्ट्रिय फुटबल स्टेडियम

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुँदैछ । साग फुटबल प्रतियोगिताका लागि प्यारापिटसहित फुटबल मैदान तयार भएको छ ।

खेलकुद प्रतियोगिताका लागि करिब दस हजार सिट क्षमताको फुटबल स्टेडियम लगभग तयार भएको हो । पोखरा फुटबल स्टेडियममा १६ हजार ५ सय दर्शक क्षमताका प्यारापिट बन्ने भए पनि साग खेलकुदका लागि करिब दस हजार सिट तयार पारिएको हो ।

प्यारापिटका लागि आवश्यक सामाग्री फ्रान्सबाट ल्याएर फिट गरिएको हो । फुटबल मैदानमा दुबोको चपरी भारतबाट ल्याएर बिच्छयाइएको हो । पूर्व तिर ५५ सय सिट क्षमता पश्चिम तर्फ ३५ सय र भीआईपी सिटसहित करिब दस हजार क्षमताको प्यारापिट सागका लागि लगभग तयार भएको निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर दिपक बरालले जानकारी दिए । पोखरा फुटबल मैदानमा मंसिर १७ देखि २४ गतेसम्म साग फुटबल प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिता हुँदैछ ।

साग खेलकुद अन्र्तगत पोखरामा महिला फुटबल, महिला क्रिकेट, ट्रायथोलन, आर्चरी, बिच भलिबल, ह्यान्डबल, ब्याटमिण्टन र भारत्तोलनलगायत ८ खेल हुनेछ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम यसरी पारिएको छ तयार ।

पोखरामा ४८ स्वार्णसहित कुल ९ सय ४६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । ८ खेलका लागि ६ सय ७६ खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा ७ देशका खेलाडीको सहभागीता रहनेछ । महिला खेलाडी ४ सय ४ जना र पुरुष खेलाडी २ सय ७२ जना रहने सागका टेक्नीकल कमिटीका अध्यक्ष विद्याप्रसाद मर्शानीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.