सुनसरी – बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धबाबालाई सुनसरी प्रहरीले नियन्त्र*णमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार नै कृष्णदासविरुद्ध मुद्दा दायर गरेको प्रदेश प्रहरी कार्यालय स्रोतले जनाएको छ । मु*द्दा दर्ता भएन भन्दै प्रहरीको आलो*चना भए पनि प्रहरीले भने बिहीबार नै मु*द्दा दायर गरिसकेको जनाएको छ । कृष्णदास पक्रा*उको विषय प्रहरीले सार्वजनिक भने गरेको छैन ।
तर प्रदेश प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने कृष्णदास गिरी बिहीबार बिहानैदेखि प्रहरी निय*न्त्रणमा भएको बताएका छन् ।
जिल्ला अदालत सुनसरीबाट प*क्राउ पुर्जी लिएर मात्रै सिद्धबाबालाई सार्वजनिक गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ ।
सिद्धबाबामाथि आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बला*त्कार गरेको आरोप लागेको छ । ती महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बला*त्कार गरेको आरोप लगाएकी छिन् ।