काठमाडौँ-सानो उमेर बाट नै लाइभ दोहोरी गाएर आफ्नो पहिचान बनाउन सफल भएकी बाल गायिका हुन् कमला घिमिरे । कमलाको पहिलो गीत ‘चिया छानेको’ बजारमा आए पछि यो गीतले निकै चर्चा पायो ।
उक्त गीत युट्युबको शीर्ष स्थानमा समेत परेको थियो । यस गीतलाई हाल सम्म ५० हजार भन्दा धेरै पटक हेरी सकिएको छ भने गीत अझै युट्युब ट्रण्डिङमा रहेको छ । कमला घिमिरेको दोहोरी मन पराउने हरू देश तथा विदेशमा रहेका छन् भने उनीहरूले कमलाको अन्य नयाँ नयाँ गीत अब छिट्टै हेर्न पाउने भएका छन्।
कमला घिमिरे सानै उमेरमा चर्चामा आउने बालिका गायिका हुन भने उनले अहिले सम्म चर्चित गायक गायिका सँग पनि घम्साघम्सी दोहोरी गइसकेकी छिन। उनको दोहोरी फर्काउने कला र शैलीलाई सबैले मन पराएका छन्। यसै क्रममा उनको दोस्रो गीत “जिन्दगी” आज मात्रै युटुब मार्फत सार्बजनिक भएको छ। गितमा कमला घिमिरे र किसान बिनायकको स्वर रहेको छ भने म्युजिक भिडियोमा समेत कमला घिमिरेले अभिनय गरेका छन।
यो हेर्नुस भिडियो ।