काठमाडौँ, मंसिर १३ । लामो समयदेखि अष्ट्रेलियामा रहेका गायक ईश्वर पोखरेलको नयाँ म्यूजिक भिडियो ‘चौबिस घण्टै’ सार्वजनिक भएको छ। गायक पोखरेल र गायिका मेलिना राईको आवाज रहेको उक्त म्युजिक भिडियोमा शब्द तथा संगीत एकनारायण भण्डारीको रहेको छ भने भिडियोमा केकी अधिकारी र सुरज पौडेलले अभिनय गरेका छन्।
पछिल्लो पुस्ताका चर्चित निर्देशक प्रकाश धितालको निर्देशन रहेको उक्त म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् भने सन्तोष राजबाहकको कोरियोग्राफी तथा कृष्ण बिकको संगीत संयोजन रहेको छ।
दुईवटा सोलो एल्बम तथा दुई दर्जनभन्दा बढी गीतहरू गाइसकेका गायक पोखरेलले प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिने कलाकारमा पर्छन् । भिडियोलाई निर्देशक धितालले वैँशालु उमेरमा प्रेम रोमान्समा लिप्त हुने हर कोहीको कथामा निकै न्याय गरेको देखिन्छ । हेर्नुहोस् यो रमाइलो भिडियो