Categories
ताजा समाचार

प्रचण्ड र बामदेव सहभागी पोखराको चुनावी सभामा ब*म वि*स्फोट

काठमाडौं, ११ मंसिर । पोखराको चुनावी सभामा ब म वि स्फोट भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का वपरष्ट नेता बामदेव गौतम सहभागी भएको सभामा ब म वि स्फोट भएको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनीस्थलमा आयोजित नेकपाको चुनावीसभा नजिकै वि स्फोट भएको हो। नेता प्रचण्ड र बामदेवले आफ्ना धारणा राख्नु अघि नै सभा स्थल नजिकै ब म वि स्फोट भएपछि केहीबेर सभा विथोलिएको थियो । वि स्फोटबाट मानवीय क्षति केही नभएको र त्यसबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।

दिउँसो पौने एक बजे चुनावसभास्थलको पश्चिम कुनामा वि स्फोट भएपछि सभा विथोलिएको थियो । तर सुरक्षाकर्मीले होहल्ला शान्त पार्दै केही क्षति नभएको भन्दै सूचना दिएका थिए । पछि सुरक्षाकर्मीहरुले खासै ठूलो वि स्फोट नभएको र क्षति केही नभएको सूचना दिएपछि सभा स‌ंचालन भइरहेको छ।

कार्यक्रममा नेकपाका नेता सुवास नेम्वाङ पनि सहभागइ भएका छन् । वि स्फोटमा ठूलो आवाज आएपनि प्रहरीले कस्तो खालको व म वि स्फोट गराइएको बारे केही जानकारी दिएको छैन। वि स्फोट भएको स्थललाई सुरक्षाघेरामा राखेर अनुसन्धान भइरहेको छ।

अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति देउवाले झुटो कुरा गरेर जनतालाई भ्रममा पार्न खोजेको बताएका छन । चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा आएर सूर्यलाई हातले छेक्न खोजेको बताए ।

केही दिन अगाडि मात्रै पोखरामा आयोजित चुनावी सभामा बोल्दै कांग्रेस सभापति देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भू–भागमा पार्ने गरी भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नक्सा जारी गरेको आरोप लगाएका थिए । देउवाको उक्त आरोपबारे नेकपाका नेताहरुले चर्को आलोचना गरिरहेका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले पनि देउवाले सूर्यलाई हातले छेक्ने खोज्ने जस्तो गरी हल्का अभिव्यक्ति दिएको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published.