Categories
ताजा समाचार

क्याम्पस प्रमुखलाई कुटपिट गरि घाइते बनाएको विरोधमा काठमाण्डौको त्रिचन्द्र क्याम्पस आज ब*न्द (सूचना सहित)

काठमाण्डाै – क्याम्पस प्रमुखलाई कुटपिट गरि घाइते बनाएको विरोधमा काठमाण्डौको त्रिचन्द्र क्याम्पस मंगलबार बन्द हुने भएको छ ।

घटनाको विरोधमा मंगलबार क्याम्पसमा पठनपाठन बन्द हुनुका साथै कलेजमा सञ्चालन भइरहेको प्रयोगात्मक परीक्षा पनि मंगलबार एक दिन नहुने क्याम्पस प्रशासनले जनाएको हो ।

सोमबार त्रिचन्द्र क्याम्पसका प्रमुख प्राध्यापक प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेर घाइते बनाएका थिए । उहाँको ट्रमा सेण्टरमा उपचार भइरहेको छ ।

त्रिचन्द्र क्याम्पसका प्रमुखमाथि हातपात
विज्ञान संकायमा बढाएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ नेकपा निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघका कार्यकर्ताले न्यौपानेलाई कुटपिट गरेका थिए ।

Leave a Reply

Your email address will not be published.