Categories
समाचार

राष्ट्र बैंककी सहायक निर्देशक ३० वर्षीया थापाको कोरोनाले मृ’त्यु

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरलाई १२ दिनको अवधिमा पत्नी र पुत्रीशो’क परेको छ। गत कात्तिक ४ गते थापाकी श्रीमती खुमा बुढा मगरको ४२ वर्ष उमेरमा र कात्तिक १५ गते छोरी कृति थापा राजभण्डारीको ३० वर्ष उमेरमा नि’धन भएको एमाले जिल्ला कमिटी सदस्य दिनेश फुल्लेले जानकारी दिए।

खुमा कृतिकी कान्छी आमा हुन्। उनकी आफ्नी आमा अञ्जु थापाको २०६६ सालमै मृ’त्यु भएको थियो। अञ्जुको नि’धनपछि कुमारले खुमासँग केही वर्षअघि विवाह गरेका थिए। बुटवल उपमहानगरपालिका-१२, ढबाहा निवासी थापाका जेठा छोरा केशन थापा पनि सहिद गंगालाल हृ’दयरोग अस्पतालमा उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ।

गत असोज २८ देखि आएको ज्वरो बढ्दै गएपछि उपचार क्रममा कात्तिक ४ गते खुमाको मृ’त्यु भएको थियो। अस्पताल भर्ना गर्दा ज्वरो आउनुका साथै हे’मोग्लोबिन घट्दै गएको र पछि ब्रे’न ह्रयाम’रेजका कारण खुमाको मृ’त्यु भएको अस्पतालले जनाएको थियो।

खुमाको मृ’त्यु भएको १२ दिनपछि थापाकी छोरी कृतिको पनि मृ’त्यु भएपछि थापा र राजभण्डारी परिवार शो’कमा डु’बेको छ। कृति नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक पदमा कार्यरत थिइन्। उनको काठमाडौं, भंगालका रवीन्द्र राजभण्डारीसँग ११ महिनाअघि विवाह भएको थियो।

रविन्द्र राष्ट्र बैंक हुँदै हाल परराष्ट्र मन्त्रालयमा अधिकृत छन्। उनी यसै साता ब्राजिल जाने तयारीमा थिए। उनका जेठाजु गेहेन्द्र राजभण्डारी युरोपेली युनियनका लागि ब्रसेल्समा राजदूत छन्। कृति आठ महिनाकी ग’र्भवती थिइन्। नियमित ग’र्भ परीक्षण गर्दै आएकी कृतिलाई चिकित्सकले मंसिरमा डे’लिभरीको मिति दिएका थिए।

तर असोज अन्तिम सातादेखि स्वास्थ्यमा स’मस्या देखिएपछि कात्तिक ८ गते अ’प्रेसन गरी बच्चा निकालिएको थियो। त्यसको एक सातापछि उनको मृ’त्यु भएको पारिवारिक स्रोतले बतायो। सुरूमा खो’की बढ्दै गएपछि नर्भिक अस्पताल काठमाडौंमा उपचारका लागि गएकी उनलाई को’रोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

को’रोनासँगै मुटुमा स’मस्या देखिएपछि टिचिङ अस्पताल लगेर अप्रेसन गरी बच्चा नि’कालिएको थियो। पारिवारिक स्रोतका अनुसार कृतिको १२ वर्षपहिले मु’टुको अ’प्रेसन गरि भ’ल्ब फेरिएको थियो। मुटुका चार भ’ल्बमध्ये उनका तीनवटा भ’ल्ब कृत्रिम थिए। अहिले त्यही भ’ल्बमा स’मस्या आएपछि मुटुमा संक्रमण फैलिएको थियो।

पहिले नै मुटुका भ’ल्ब फेरिएको र ग’र्भवती अवस्थामा को’रोना संक्रमणसँगै भल्बमा स’मस्या आएपछि संक्रमण फैलिँदै जाँदा उनको मृ’त्यु भएको हो। बे’होस अवस्थामै अ’प्रेसन गरी बच्चा जन्माइएपछि एक सातासम्म भेन्टिलेटरमै रहेकी कृतिलाई चिकित्सकले १५ गते मृ’त घोषणा गरेका हुन्।

उनको बच्चाको पनि टिचिङ अस्पतालमै उपचार भइरहेको छ।य ता आमाको कि’रिया बस्ने क्रममै मुटुमा स’मस्या देखिएपछि थापाका जेठा छोरा २७ वर्षीय केशन थापा गंगालाल हृ’दययरोग उपचार केन्द्रमा उपचाररत छन्। केशनको पनि मुटुको भ’ल्बमा प्वा’ल देखिएपछि १२ वर्ष उमेरमा ले’जरथेरापी गरिएको थियो। ले’जरथेरापी गरिएको १५ वर्षपछि अहिले फेरि भ’ल्बमा स’मस्या देखिएको छ।

अब भने मुटुको अ’प्रेसन गरी भल्ब फे’र्न चिकित्सकले सुझाव दिएका छन्। पारिवारिक स्रोतका अनुसार उनको केही दिनभित्रै अ’प्रेसन गर्ने तयारी भइरहेको छ। लामो समय सवारी चालक रहेका कुमार थापाले आधा दर्जनभन्दा बढी चलचित्र र टेलिचलचित्रमा समेत अभिनय गरेका थिए। उनले चलचित्र ‘औंठाछाप’ र टेलिचलचित्र ‘डाँडापारिको गाउँ’ लगायतमा अभिनय गरेका छन्।

Leave a Reply

Your email address will not be published.