Categories
अन्तरास्ट्रिय

विमान दु’र्घटनामा सुपरस्टार गायिका मारियाको नि’धन !

ब्राजिलकी सुपरस्टार गायिका मारिया मेन्डोंकाको २६ वर्षको उमेरमा शुक्रबार विमान दु’र्घटनामा नि’धन भएको छ। ब्राजिलको दक्षिण पश्चिमी राज्य मिनास गेराइसमा भएको दु’र्घटनामा उनको नि’धन भएको हो।

दु’र्घटनाका बेला उनी एक कन्सर्टको लागि जाँदै थिइन् । दु’र्घटनामा गायिका सहित अन्य ४ जनाको ज्यान गएको छ ।सीएनएनका अनुसार दु’र्घटनाको कारण अझै अनुसन्धानको क्रममै छ तर प्रारम्भिक जानकारी अनुसार विमान एउटा टावरबाट गएको केबलमा ठो’क्किएको थियो।

मिनास गेराइसका पुलिस प्रमुख इभान लोपेस सेल्सले पत्रकार सम्मेलन मा अहिले नै दु’र्घटनाको कारण यकिन गर्नु ह’तार हुने भए पनि दु’र्घटनास्थलमा पाइएका अवशेसले विमान खस्नु अघि केही चीजसँग ठो’क्किएको संकेत गरेको बताए ।देशकी चर्चित गायिक तथा ल्याटिन ग्रामी विजेताको नि’धनले ब्राजिलमा शोकको लहर छ ।

फुटबल स्टार नेयमार सहितका चर्चित हस्तीहरुले गायिकालाई श्र’द्धाञ्जली दिएका छन् ।गायिका ब्राजिल अन सोपिफाइ २०१९ र २०२० मा सबैभन्दा धेरै सुनिएकी गायिका थिइन् । उनका इन्स्टाग्राममा ३८ मिलियन फलोअर छन् । गायिकाका निकटका साथी नेयमारले ट्वीटरमा लेखेका छन् ‘म यो विश्वास गर्न अस्वीकार गर्छु, म अस्वीकार गर्छु ।’

Leave a Reply

Your email address will not be published.