Categories
समाचार

जुवा खालबाट पक्राउ परेका नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामालाई सुटुक्क अस्पताल भर्ना

काठमाडौँ । जुवा खालबाट पक्राउ परेका नेपाली काँग्रेस, दोलखाका सभापति बर्मा लामालाई सुटुक्क अस्पताल लगिएको छ ।बिहीबार मध्यराति पक्राउ परेका उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको हो ।

काठमाडौँ प्रहरी परिसर, टेकु स्रोतका अनुसार उनलाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । काँग्रेस नेताहरुको दबाब परेपछि प्रहरीले उनलाई अस्पताल लैजाने व्यवस्था मिलाएको स्रोतले जनाकारी दियो । अस्पतालमा उनलाई उच्च रक्तचापको समस्या भएको भनिएको छ ।

तिहारको सरकारी विदा सोमबार सकिएलगत्तै उनीसहित १८ जनाविरुद्धको जुवासम्बन्धी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।उनी पक्राउ परेको खालबाट प्रहरीले ६ लाख रुपैयाँ बरामद गरेको थियो ।लामा दशैंअघि भएको जिल्ला अधिवेशनबाट दोलखा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

उनी पक्राउ परेको खालबाट प्रहरीले ६ लाख रुपैयाँ बरामद गरेको थियो । जुवा खेलाउने सागर लामा अझै फरार छन् ।विभिन्न मुद्दामा पक्राउ पर्ने पहुँचवालाहरुले हिरासतमा बस्नुभन्दा बिरामी भएको भनी अस्पताल बस्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.