Categories
मनोरंजन

भिटेनको नयाँ गीत ‘गल्ली सडक’ युट्युव ट्रेन्डिङ वानमा

काठमाडौं । गायक समिर तामाङ ‘भिटेन’को नयाँ गीत ‘गल्ली सडक’ युट्युवको ट्रेन्डिङ एकमा पुगेको छ ।एकसाता अघि अपलोड गरिएको उक्त गीत युट्युवको ट्रेन्डिङ एकमा परेको हो ।

उनको गीतमा नेपाली राजनीतिलाई व्यङ्ग्य गरिएको छ । उनी पहिलेबाटै गीतकै कारण आ—लो—-चित हुँदै आएका छन् ।कतिपय पटक प्रहरीले उनलाई गीतकै कारण पक्राउ गर्दै आएको छ । गीतको प्रयोग भएका भाषाका कारण उनलाई प्रहरीले प–क्रा–उ गर्दै आएको थियो।

तर उनी सच्चिने भन्दै प्रहरीसामु प्र—-ति—ब—द्ध—ता जनाउँदै आएकाले छुट्दै आएका थिए । यो पटकको गीतमा पनि उनले भाषा उस्तै प्रयोग गरेका छन् । यो पटक उनले आ—फू पक्राउ पर्दाका अनुभवलाई गीतमा उतारेका छन् । यद्यपि उनको गल्ली सडक बोलको गीत डिजिटल बजारमा लोक्रप्रिय बनेको छ ।

यो पनि पद्नुहोस –आलिया भट्ट बलिउड उद्योगको सबै भन्दा ट्यालेन्टेड अभिनेत्रीहरुमध्ये एक हुन् । ‘राजी’, ‘डियर जिन्दगी’, ‘कपूर एण्ड सन्स’, ‘स्टुडेन्ट अफ द इयर’लगायतका सुपरहिट फिल्ममा काम गरिसकेकी आलिया भट्ट आफ्नो पर्सनल लाइफका कारण सँधै चर्चामा रहँदै आएकी छन् ।

पछिल्लो समय आलिया भट्ट र उनका ब्वाइफ्रेण्ड रणवीर कपूरको विहेबारे चर्चा हुँदै आएको छ । यसैबीच प्रियंका चोपडा र दीपिका पादुकोणपछि अभिनेत्री आलिया भट्ट पनि हलिउडमा आफ्नो सिक्का जनाउनका लागि तयार भएकी छन् । इन्डिया टुडेको एक रिपोर्ट अनुसार हलिउड ट्यालेन्ट एजेन्सी डब्ल्यूएमई अर्थात् विलियम मोरिस एन्डेवयर इन्टरटेन्मेन्टले अभिनेत्री आलियालाई साइन गराएको छ ।

डब्ल्यूएमई एक अमेरिकन एजेन्सी हो, जुन क्यालिफोर्नियामा अवस्थित छ । अभिनेत्री आलियाले सन् २०२२ मा आफ्नो पहिलो हलिउड प्रोजेक्ट घोषणा गर्ने आशा गरिएको छ । रिपोर्टका अनुसार आफ्नो हलिउड प्रोजेक्टलाई लिएर अभिनेत्री आलिया निकै उत्साहित रहेकी छन् ।

त्यस्तै आलियाको बलिउड प्रोजेक्टबारे कुरा गर्नुपर्दा चाँडै उनी सञ्जय लीला भंसालीको फिल्म ‘गंगुबाई काठियावाडी’मा देखिदैछन् । त्यस्तै उनले रणवीर सिंहको साथमा ‘राँकी और रानीकी कहानी’, बाहुबली फेम निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ र अयान मुखर्जीको ‘ब्रमहास्त्र’मा पनि काम गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published.