Categories
समाचार

गस्तीमा गएको प्रहरीको मोटरसाइकल चोरी

सप्तरी । देश र जनताको सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी नै चोरको चपेटामा परेको छ । सप्तरीमा गस्तीमा गएका प्रहरीकै मोटरसाइकल चोरी भएपछि प्रहरी नै समस्यामा परेको हो ।

बोदेबर्साइन नगरपालिका–८ बैरियाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय बोदे बर्साइनबाट दुई जना प्रहरी सवार भएर गस्तीमा गएको बा२प ५६६१ नम्बरको मोटरसाइकल बैरियाहीबाट चोरी भएको हो ।

बैरियाहीमा आयोजित सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन प्रहरी सहायक निरीक्षक (असई) दिलीप सिंहको नेतृत्वमा दुई जना प्रहरी खटिएका थिए ।मोटरसाइकल पार्किङ गरी प्रहरी कार्यक्रमस्थलमा घुमिरहँदा मोटरसाइकल चोरी भएको जनाइएको छ।

यो पनि पढ्नुहोस –जुवातास नियन्त्रणका लागि कञ्चनपुरमा प्रहरीले चलाएको अभियान प्रभावकारी रुपमा अगाडि बढ्दै आएको छ ।जुवातास खेल्ने ठाउँको पहिचान गरी प्रहरीले जुवाडेलाई पक्राउ गर्ने र नगद रकम बरामद गर्नेक्रम जारी राखेको छ ।

चाडपर्वका बेला प्रहरीले गस्ती टोलीलाई प्रभावकारीरुपमा परिचालन गरेकै कारण अप्रिय घटना हुन नपाएको प्रहरीको भनाइ रहेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाड पर्वका बेलामा हालसम्म ९५ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले कारवाही प्रक्रियासमेत अगाडि बढाउँदै आएको छ ।

जुवातासका ११ मुद्दामा रु आठ लाख १४ हजार ५१० रकमसमेत बरामद गरेको छ ।समाजमा विकृत्तिका रुपमा रहेको जुवातास नियन्त्रणका लागि अभियान निरन्तररुपमा सञ्चालन हुने प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो । उहाँका अनुसार

शुक्रबार मात्रै भीमदत्त नगरपालिका–६ ऐठपुरबाट १० जना जुवाडे पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट रु ६२ हजार ७० रकमसमेत बरामद गरिएको छ ।

Leave a Reply

Your email address will not be published.