Categories
समाचार

काठमाडौं न्यूरोडको जग्गा आनाको ३६ लाख !

काठमाडौं महानगरपालिकाले सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्य निर्माण गरेको छ ।काठमाडौं महानगरपालिका क्षेत्र भित्रका प्रमुख सडक एवं सडकको दायाँ बायाँका जग्गाहरुको सम्पत्ति कर मूल्याङ्कन प्रयोजनको लागि मूल्य निर्धारण गरेको हो ।

महानगरका अनुसार नयाँ सडक गेटबाट उत्तर हुँदै महाबौद्ध (चिकं अटः) गणेशस्थानसम्म (भौंसीको मार्ग) सडकसँग जोडिएका दायाँ बायाँका जग्गाहरुमूल्य ३६ लाख रुपैयाँ रहेको छ ।यस्तै चिकंअटः देखि इन्द्रचोकसम्म (ओटु मार्ग) सडकसँग जोडिएका दायाँ बायाँका जग्गा,

दुगमबहिल भौंसीको दोबाटोबाट पश्चिम साविकको रंजनाहलको गेटसम्म (प्यूखामार्ग, फसिकेव मार्ग) र नयाँ सडक पिपलबोट दोबाटोदेखि उत्तर साविकको रंजनासिनेमा हलसम्म (रंजनामार्ग)सडकसंग जोडिएका दायाँ बायाँका जग्गाको मूल्य प्रतिआना ३६ लाख रुपैयाँ रहेको छ ।

यो दररेट महानगरपालिकाले आगामी आवको बजेट भाषणाको क्रममा सार्वजनिक गरेको भएपनि चलेको दर रेट भने यो भन्दा निकै महंगो रहेको छ । महानगरले राजस्वको लागि उक्त दररेट सार्वजनिक गरेको हो ।उक्त क्षेत्रको जग्गाको मूल्य सरकारले भनेको

भन्दा पनि अहिले खरिद बिक्री गर्ने बिचौलीयाको हातमा रहेको पाइन्छ । उक्त उक्त क्षेत्रको जग्गा प्रतिआना ३६ लाख रुपैयाँ पाउन भने सम्भव छैन ।

Leave a Reply

Your email address will not be published.