Categories
समाचार

कुन हो पारसले चलाउने बाइक, कति पर्ला नेपालमा यसको मूल्य ?

पूर्वयुवराज पारस शाह बेलाबेलामा वि’—वा—-द—मा आइरहन्छन् । पछल्लो पटक गत शुक्रबार साँझ उनी महाराजगञ्जस्थित नारायण गोपाल चोकमा मोटरसाइकल चलाउँदा ट्राफिक नियम पालना नगरेकै कारण वि’—-वा—द—मा परे । मा–’प—से हेल्मेटसमेत नलगाई मोटरसाइकल चलाएका पारसलाई ड्युटीमा खटिएका प्रहरीले सोधपुछ गर्दा उनी प्रहरीमाथि नै जा’—इ—ला—’गे ।

प्रहरीका अनुसार पछि उनलाई सम्झाई बुझाई गरी हेल्मेट लगाउन लगाएर पठाइएको थियो । केही समयअगाडि पारस पोखरामा रहँदा मोटरसाइकलमा डुलेका विभिन्न भिडियोहरू भाइरल पनि बनेका थिए ।उनीसगैँ उनको मोटरसाइकल पनि चर्चाको शिखरमै रह्यो । हेर्दा असामान्य देखिने यो मोटरसाइकल कुन कम्पनीको हो ? मूल्य कति हो ? नेपालमा पाइन्छ कि पाइँदैनलगायतका कौतुहल धेरैलाई होला ।

उनले चलउने मोटरसाइकल हार्ले डेभिड्सनको सफ्टेल हेरिटेज १९९५ मोडल हो । १ हजार ३ सय ३८ सीसी इन्जिन क्षमताको यो मोटरसाइकलले ४ हजार ९ सय आरपीएममा ४८ एचपी पावर र २ हजार ४ सय आरपीएममा ८६.३ एनएम टर्क जेनेरेट गर्छ ।

हार्ले डेभिड्सनको सफ्टेल हेरिटेज १९९५ मोडल हाल नेपालमा उपलब्ध छैन तर मूल्य हिसाब गर्दा ८५ देखि ९० लाख रुपैयाँसम्म पर्छ ।१ सय वर्षभन्दा लामो इतिहास बोकेको हार्ले डेभिड्सन नेपालमा भने २०७५ को नाडा अटो शोदेखि मात्रै प्रवेश गर्‍यो । हार्लेको डेभिड्सनको नेपालका लागि आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले गैह्रीधारामा २ करोड खर्चेर शोरूम बनाएको थियो ।

संसारमा एक शताब्दी राज गरेको हार्ले डेभिड्सन नेपालमा भने ३ वर्ष पनि टिक्न सकेन । हाल नेपालमा हार्लेको शोरुम बन्द छ । करिब १५/१६ युनिट मोटरसाइकल बिक्री गरेको आईएमई अटोमोटिभ्सले स्टक मोटरसाइकल कर्पोरेट अफिसबाटै बिक्री गर्ने भन्दै शोरुम बन्द गरेको हो ।

Leave a Reply

Your email address will not be published.