काठमाडौं । वैदेशिक रोजगारबाट फर्कनेहरुलाई लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । गत ११ गते कतारबाट आएका युवक ट्याक्सी चढेर दाईको कोठामा जाने क्रममा सिनामंगल कार्गो गोदाम अगाडी लुटिए । युवक चढेकाे ट्याक्सीलाई दुई वटा मोटरसाइकलले ट्याक्सीको बाटो छेकेर २ थान मोवाइल, ६०० कतार रियाल र २५ ग्रामको सुनको औठी थान १ लुटी फरारकाहरु मध्ये २ जना लुटेरालाई पक्राउ गरेको हो ।
कतार, दुवई, मलेशिया लयायतका देशहरुमा वैदेशिक रोजगारका लागि गएकाहरु फर्कने क्रममा लुटिएको गुनासो आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले लुट्ने गिरोहको पहिचान गरेको थियो ।
प्रहरी टोलीले लुटेराहरुको खोजतलास गर्ने क्रममा २०७८ कात्तिक ११ गते ९.३० वजे कतारको उडानबाट ओर्लनासाथ ट्याक्सी चढी दाजुको कोठामा जाने क्रममा सिनामंगल कार्गो गोदाम अगाडि लुट्नेलाई पक्राउ गर्न सफल भएको छ ।लुटेराको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि -आज काग र कुकुर तिहार मनाइँदै
काठमाण्डाै – आज काग र कुकुर तिहार मनाइँदैछ । तिथिका घटबढका कारण काग र कुकुर तिहार एकैदिन परेको छ । आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा दिइ काग तिहार मनाइन्छ । अघि बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि थियो । त्यसपछि चतुर्दशी तिथि लागेको छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा रामचन्द्र गौतमले बताउनु भयो । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिइ खुसी पार्ने गरिएको हो । आज काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ को कागेश्वरी धाम, पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रमा रहेको कागेश्वरी मन्दिर क्षेत्रमा पनि कागेश्वर महादेवको पूजा आराधना गरी मीठा मीठा खानेकुरा खुवाउनेको भीड लाग्छ ।
यस्तै,आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खानदिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मुलढोकामा बस्ने कुकुरले सहजरूपमा बाटो छोडि दिने धार्मिक विश्वास छ । अघि बिहान सवा ७ बजेपछि चतुर्दशी तिथि लागेको सवा ७ बजे पछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।