एजेन्सी। आजकल बलिउड अभिनेता शाहरुख खानको बंगला मन्नत निकै चर्चामा रहेको छ। शनिबार शाहरुखका छोरा आर्यन खान जे’लबाट रिहा हुँदै मन्नत फर्किएका छन्। शाहरुखले छोराको स्वागतका लागि बंगलालाई सजाएका थिए। यस कारण मन्नत अहिले चर्चाको विषय बनिरहेको छ। तर तपाईलाई थाहा छ शाहरु–गौरीका मन्नतको असली नाम के हो ?
मुम्बई सितारोको आलीान बंगलामा मन्नत पनि समावेश छ। मुम्बईको यसलाई आइकोनिक प्लेस पनि भनिन्छ। शाहरुखका समर्थकहरु मन्नत आएपछि फोटोहरु पनि क्लिक गर्छन्। सन् १९९७ मा फिल्म ‘यस बोस’ को शुटिङका बेला शाहरुखले पहिलो पटक मन्नत लाई देखेका थिए। त्यसैबेला उनले यो बंगलालाई किन्ने सोच बनाएका थिए। त्यसबेला मन्नतमा गुजराती व्यापारी नरीमन दुबास बस्दथे। त्यसबेला मन्नतको नाम भिल्ला भिएन्ना थियो।
२००१ मा शाहरुख र बंगलाकाक मालिकबीच भेट भएको थियो। उनले बाई खोर्सेद भानु सञ्जना ट्रष्ट यो बंगला किनेका थिए । समाचारका अनुसार उनले यो बंगला त्यसबेला १३ करोड ३२ लाख भारुमा किनेका थिए। आज यसको मूल्य २ सय करोड आसपास छ।शाहरुखले बंगला किनेकाके ४ वर्षसम्म यो भिल्ला भिएन्ना नाममा दर्ता थियो। २००५ मा यसको आधिकारिक नाम मन्नत राखिएको थियो।
यो पनि -को हुन् यी युवती जसले हजुरबा समान अमिताभ बच्चनसँग डेटिग जान इच्छुक छु भन्दै इन्ष्टाग्राममा भिडियो शेयर गर्ने ?
बलिउड अभिनेत्री समीरा रेड्डीले इन्ष्टाग्राममा एक भिडियो शेयर गरेर आफु महानायक अमिताभ बच्चन संग डेटमा जान लागेको बताएकी छिन् । यसै दौरान समीराले बिग बी संग आफु संग बिबाह गर्न प्रस्ताव गरेकी छिन् । के हो त समीरा रेड्डीको डेट नाइटको वास्तबिकता आज हामी तपाईलाई बताउन गईरहेका छौ । यो एक प्रमोशनल भिडियो रहेको छ । अमेजन एलेक्साले पहिलो पटक भारतीय सेलिब्रेटी वाइज फीचर ईण्ट्रोड्युस गरेको छ ।
यसबाट एलेक्सा युजर्सले अब अमिताभ बच्चनको आवाजमा आफ्नो सवालको जवाफ पाउन सक्छन् । अब तपाईको एक आवाजमा अमिताभ बच्चन तपाई समक्ष हाजिर हुनेछन् । यसै प्रोडक्टको समीरा रेड्डीले प्रमोट गरेकी छिन् । आफ्नो भिडियोमा समीरा रेड्डीले फ्यानहरुलाई सरप्राइज दिदै बताएकी छिन् कि उनी अमिताभ संग डेट नाइटमा जान लागि रहेकी छिन् । यसपछि उनी टेबलमा बस्छिन् । उनको टेबल अगाडी एलेक्सा डिभाइस राखिएको छ । समीराले अमिताभ संग सोध्छिन कि हाल खबर कस्तो छ ।
उनको मन परेको खाना के हो ? यसपछि समिराले सोध्छिन कि के आफु संग बिबाह गर्न तयार छन् ? समीराले अमितको सिलसिलाको गाना प्ले गर्न भन्छिन् । समीराले बताएकी छिन् कि कोही पनि अमिताभ बच्चन संग गफ गर्न चाहान्छ भने उक्त डिभाइस खरीद गर्न सक्छ । यस डिभाइसमा अमिताभ संग जोडिएका हरेक कुरा उनकै आवाजमा सुन्न सकिन्छ ।