Categories
समाचार

तिहार मनाउँदा काठमाडौं उपत्यकामा यी ४ काम गर्न नपाइने

काठमाडौं : तिहार, छठलगायत पर्वमा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले चार बुँदे प्रतिबन्ध जारी गरेका छन्। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले एकै बेहोराका सूचना जारीगर्दै प्रतिबन्ध लगाइएका कुरा नगर्न र गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिएका हुन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि सोही बेहोरोका सूचना जारी गरेका छन्।

नजिकिदै गरेको महान चाड दिपावली (तिहार), छठ पर्व, नेपाल सम्वत लगायतका पर्वहरुको अवसरमा जिल्ला प्रशासन कार्यालय परिवार जिल्ला बासी सवैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। शुभ दिपावली, छठ लगायतका चाडपर्वहरु सवै जिल्ला वासीले हर्षोउल्लासपूर्वक मनाउने चाहना हुदाँ हुदै पनि विश्वव्यापी म’हामारीको रुपमा फैलिएको को’भिड -१९ को संक्रमण हालसम्म पनि कायम रहेको र यस्ता पर्वका समयमा हुन सक्ने अवा’न्छित कार्यहरुको नियन्त्रण गरी जनचाहना बमोजिम सुरक्षित एवं शान्ति पूर्वक चाडपर्व मनाउने जिम्मेवारी हामी सवैको भएकोले सभ्य, सुरक्षित, मर्यादित एवं शान्ति पूर्वक देहाय बमोजिमका कार्य गरी दिपावली लगायतका पर्वहरु सुव्यवस्थित एवं स्वास्थ्य सतर्कता सहित मनाउन सवैमा अनुरोध छ । उल्लिखित कार्य विपरित भए/गरिएको पाइएमा कानून बमोजिम कारवाही गरिने समेत सवैमा जानकारी गराइन्छ।

१. स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पुजापाठ लगायतका क्रियाकलाप गर्ने/गराउने। मठमन्दिर, गुम्बा लगायतका स्थलहरुमा भी–ड–भा—ड नगर्ने।

२. पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवं वि—ष्फो—ट—क प—दा—र्थ उ—त्पाद—न, ओसारपसार, विक्री वितरण र प्रयोग नगर्ने/नगराउने ।

३. मा–द—क पदार्थ लगायतका न—शा—लु प—दा—-र्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा हो—ह’—ल्ला झै— झ—’ग—डा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य नगर्ने/नगराउने।

४. को’भिड-१९ को संक्रमणलाई मध्येनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापद’ण्डको पूर्ण परिपालना गरी देउसी भैलो, नाचगान लगायतका कार्यहरु राती ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरु न–ग—र्ने/नग–राउने।

Leave a Reply

Your email address will not be published.