वैदेशिक रोजगारीमा गएका श्रीमानहरुका श्रीमतीहरु श्रीमान घरमा नहुदाँ कामाएको सबै लिएर अर्कैसगँ हिडेको घटना हामिले थुप्रै देख्दै आएका छौ। तर अहिले त्यो भन्दा घटना मिडियामा आएको छ । इलाममा एक महिलाले श्रीमान घरमा साथै हुँदा अर्कै केटासँग भागेकि छिन । श्रीमान साथमा हुदाँ नै घरमा साथी भन्दै अर्कै केटा ल्याउने गरेको खुलेको छ । तिनै साथै भन्दै घरमा आएको ब्याक्तीले श्रीमतिलाई लिएर गएको उनका श्रीमानले बताएका छन ।
तर ती श्रीमती लिएर फरार हुने ब्याक्तीले पनि पहिले बिबाह गरेको खुल्न आएको छ । उनले एक मात्र होइन थुप्रैलाई केही समय बिबाह गरेको नाटक गरेर छोड्ने गरेको खुलेको छ । घरमा राम्रै सम्बन्ध रहेको अवस्थामा पनि श्रीमति अर्कैसगँ गएको भन्दै उनका श्रीमान मिडिया आएका हुन । सामान्य किराना पसल र कृषि फार्म खोलेर त्यसमै कान गर्दै आएका उनी श्रीमति त्यसरी अर्कैसगँ हिडे पछि आफू श्रीमति खोज्न तिर लाग्दा आफ्नो ब्यावसाय पनि अहिले डुब्दै गएको बताए ।
उता श्रीमति भगाएर लगेका ब्याक्तीकि पहिलेकी श्रीमतिले भने आफुलाई पनि त्यसरी नै झुटो बोलेर बिबाह गरि छोरी भए पछि छोडेर हिडेको बताएकी छिन । आफू उक्त ब्याक्तिसगँ बिबाह गरेर गए पछि बुझ्दै जादाँ उनकी जेठी श्रीमती पनि रहेको आफुले बुझेको उनको भनाई थियो । ती ब्याक्तिले जेठी श्रीमतिलाई बिदेश पठाएर आफुलाई बिबाह गरेको आफुले पछि थाहा पाएको उनले बताईन । बिदेशमा रहेकी श्रीमतिले पनि कान्छी बिबाह गरेको थाहा पाए पछि उनलाई पैसा पठाउन बन्द गरेको उनले बताईन ।
त्यसरी बिदेशमा रहेकी श्रीमतिले पैसा पठाउन छोडे पछि उनले आफुले कान्छीलाई छोडी सकेको भन्दै पुन पैसा पठाई माग्न थालेकी तर उनी भने आफू सगै रहेको उनले बताईन । आफुले त्यो सब थाहा पाए पछि त्यही कुरामा बिबाद गरि छोडेर गएको उनको भनाई थियो । त्यति मात्र नभै उनी त्यसरी नै थुप्रै महिलाहरुसगँ बोल्ने गरेको र उनिहरुलाई पनि त्यसरी नै फसाउने गरेको आफुले थाहा पाएर ३/४ केटिहरुलाई आफुले नै भेटेर उनको बारेमा बताएको पनि उनको भनाई छ ।
तर आफुले सबै कुरा बन्दा पनि उनिहरुले कुनै वास्था नगरी त्यहीसगँ बोलेको उनको भनाई छ । ती ब्याक्ती त्यसरी नै थुप्रै महिलाहरुलाई बिबाहको केही दिन नटक गरि सगै बस्ने र कतिपय सोझा सिधा महिलाहरुलाई बिदेश पठाउने तथा नेपालमै कतै काम गर्न लगाएर आफुले उनिहरुबाट पैसा लिएर हिड्ने गरेको बताएकी छिन । कतिपयलाई त यौनधन्दामा पनि लगाउने गरेको उनले बताएकी छिन । त्यसैले ती ब्याक्तिलाई खोजी गरि कानुनी दायरामा नल्याए थुप्रै महिलाको जिन्दगी बर्बाद बनाउने उनको भनाई थियो ।