Categories
समाचार

काठमाडौंमा भिख माग्दै गर्दा भेटिएकी आरतीलाई पढाई दिने अनुपम खेरको घोषणा

काठमाडौं– बलिउड अभिनेता अनुपम खेरले हालै मात्र नेपालमा फिल्म ‘उचाइ’ को छायांकन पुरा गरेका छन् । नेपालमा रहँदा सामाजिक सञ्जालमा उनको सक्रियता आफैंमा बे’जोड थियो । उनी दैनिक रुपमा सामाजिक सञ्जालमा नेपालको प्राकृतिक सुन्दरतालाई अपडेट गरिरहन्थे । दैनिक जागरणका अनुसार यिनै अनुपमले एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

जुन भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइ रहेको छ । काठमाडौंको एक मन्दिर घुम्न जाँदा आफूलाई पैसा माग्न आएकी बालिकाको भिडियोलाई उनले ट्वीटरमा शेयर गरेका छन् । भिडियोमा ती बालिका प्रष्ट रुपमा अंग्रेजी बोलेकी छन् । जुन कुरा बाट अनुपम प्रभावित भएका छन् । ‘मैले काठमाडौंको एक मन्दिर बाहिर आरतीलाई भेटें । उनी भारतको राजस्थानकी हुन् । उनले मसँग केही पैसा मागिन् र मसँग तस्वीर खिचाउने इच्छा व्यक्त गरिन् ।

त्यसपछि मसँग फटाफट अंग्रेजीमा कुरा गर्न थालिन् । पढाईप्रति उनको रुची देखेर म चकित भएँ। यो हो हामीबीचको भलाकुसारी। अनुपम फाउण्डेसनले उनलाई पढाउने वाचा गरेको छ । जय हो’, अनुपमले लेखेका छन् । भिडियोमा ती बालिकाले आफ्नो नाम आरती बताएकी छन् । उनले अनुपमसँग भेटेर आफू खुशी भएको बताएकी छन् । उनले आफूले स्कुल नगई पैसा माग्ने गरेको बताएकी छन् । उनले आफू विद्यालय गएर पढ्न चाहेको उल्लेख गरेकी छन् ।

Leave a Reply

Your email address will not be published.