Categories
समाचार

तिहारमा घर जानेलाई यी स्थानमा कोरोना बि’रु”द्ध’को खोप लगाउन सुरु

काठमाडौ। तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोना वि—रु–द्ध—-को खोप कार्यक्रम सन्चालन गरेको छ ।

बाहिर जाने यात्रुबाट संक्रमण न—फै—लि=====योस् भनेर यो अभियान थालिएको हो ।

आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनावि—रु—द्ध–को खोप निःशुल्क दिन सुरु गरिएको हो ।

खोपको यो कार्यक्रम आज र भोलि दुई दिन चल्ने स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सन्चालन हुनेछ ।

खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ । जति चाप भएपनि खोप लगाइदिने मन्त्रालयका अधिकारीको भनाई छ । हामीले समुदाय सुरक्षाका लागि यो अभियान थालेका हौँ । सबैलाई खोप लगाइनेछ एक अधिकाले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published.