Categories
समाचार

प्रचण्डकी छोरी रेणु दाहालले भाइ प्रकासको मृत्युसंग जोडेर ओलीलाई किन लेखिन यस्तो पत्र ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी समेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न अध्यक्ष दाहाल झापा नगएको भए आफ्नो भाइ प्रकाश दाहालको ज्यान जोगिन पनि सक्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन् ।

ओलीले प्रचण्डका लागि चितवनमा झुक्किएर दुई दुईपटक भोट माग्न आएको तर अब त्यस्तो गल्ती नगर्ने भनी चितवनमा गएर दिएको अ—भिव्य—क्ति—को टिप्पणी गर्दै रेणु दाहालले भनेकी छन्– ओलीलाई भोट माग्न ओलीके क्षेत्रमा ओलीसहित अध्यक्ष क. प्रचण्ड झापा जाँदा आमामात्रै त्यही पनि पार्किन्सनको बिरामी भाइको मध्यरातमा अ—चा—न—क स्वास्थ्यमा स—म—स्या आइ दु—ख—द घ—ट—ना घट्यो ।


घरमा परिवारका सदस्य कोही पनि नभएको बेला सबै आ आफ्नो चुनावी मैदानमा बिरामी आमामात्र घरमा अकालमा उपचार पनि नपाई के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान पनि जोगिन सक्थ्यो । यस्तो परिस्थितिबाट माओवादीसँगको सहकार्यले मात्रै अ‍ोली प्रधानमन्त्री बनेको,

झन्डै दुई तिहाको सरकार के ओली एक्लैले ल्याएको हो ? हो भने हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढ—ल्यो त । धेरै फुर्ती लाउनेले अब बनाएर देखाए भो त । इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादीकै सहयोगमा भएकाले ठूला कुरा नगरेकै बेस होला ।” इताजाखबर बाट

Leave a Reply

Your email address will not be published.