Categories
समाचार

राजेन्द्र राईको मुख्यमन्त्री नहुँदै गोप्य ‘बधाई पाटी’,स्याम्पियनको चुस्कीमा हल्लिए , हेर्नुहोस यस्तो देखियो दृश्य (भिडियो सहित)

काठमाडौं । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राजेन्द्र राईले पार्टी दिएका हुन्। मुख्यमन्त्री बन्ने निश्चित भएपछि नेकपा (एकीकृत समाजवादी) प्रदेश– १ संसदीय दलका नेता राजेन्द्र राईले नियुक्ति नखाँदै खुशीयाली मनाउनुभएको छ । उहाँले केक काटेर अनि मदिराको चुस्की लिएर खुशियाली साट्नुभएका दृष्य देखिएका छन् । उहाँले सोमबार आफू मुख्यमन्त्री बन्ने निश्चित भएपछि इटहरीस्थित इन टुरिष्टमा भव्य पार्टीको आयोजना गरेका थिए ।

बधाई कार्यक्रमको दृश्य

नेता राईको बधाईका लागि आयोजना गरिएको कार्यक्रममा करिब २ दर्जन मानिस भेला भएका थिए । उनले स्वयम उपस्थित भएर केक काटिएका थिए ।उनले काटेको केकमा प्रदेश १ को मुख्यमन्त्री बन्न लागेकोमा बधाइ लेखिएको थियो । कार्यक्रममा सुभचिन्तकहरुले गडगडाहटका साथ निरन्तर ताली बजाएको देखिएको छ ।

उपस्थित कसैले बल्ल आनन्द आयो भन्दै थिए । कसैले यहाँको भिडियो फोटा कसैले बाहिर नल्याउनु भन्दैछन् । उक्त भिडियो खिच्नेले पनि ल भन्छन् । त्यसैमा अर्का उपस्थित पुरुषले यहाँको सबै उठाइहालौँन भन्छन् । र, होटलका कामदार आएर प्लेट तथा गिलासहरु गठाउँछन् । त्यसअघि त्यहाँ धेरै पानीका बोतलहरु राखिएको हु्न्छ । त्यो सँगै एक वोतल ‘स्याम्पेन’ पनि देखिन्छ । र, मदिरा गिलासमा सारेर थोरै थोरै चुस्की लिन्छन्, आज मुख्यमन्त्री बन्न लागेका राजेन्द्र राई र उहाँकी पत्नी शोभा पाठकले ।

राईका शुभचिन्तकहरुले गोप्य रुपमा मनाएको खुशियाली कार्यक्रको भिडियो कसैले बाहिर सार्वजनिक गरिदिएको छ । निवर्तमान मुख्यमन्त्री भीम आचार्यले सोमबार मात्रै पदबाट राजीनामा दिएका थिए । उनले ६८ दिनको आफ्नो कार्यकाललाई हिजो टुङ्गाउनुभएको थियो । पार्टी विभाजन भएपछि विश्वासको मत पाउने अवस्था नरहेका कारण उहाँले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई राजीनामा पत्र बुझाएका थिए ।

हेर्नुहोस् तलको भिडियो :-

Leave a Reply

Your email address will not be published.