Categories
राजनीतिक

हामीले राम्रो काम गरेर पनि जनतालाई बुझाउन सकेका छैनौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको बताउनुभएको छ ।पार्टीको कीर्तिपुर नगर समितिले चाडपर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै छन् ।

हामीले राम्रो काम गरेर पनि जनतालाई बुझाउन नसकेको हो ।” उहाँले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभइ जनताले साथ दिएर आएको बताउनुभयो ।उहाँले भन्नुभयो, “कम्युनिष्टले परसम्म जाने सपना देख्छन् त्यसकारण सपना देख्नु जायज हो ।” अध्यक्ष दाहालले राम्रो सपना देखेर पूरा गर्नका लागि सङ्घर्ष गर्नु कम्युनिष्टको चरित्र र विशेषता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै सपना देख्यौं ।

जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पूरा भएका हुन् ।” संविधानमा मतभेद राखेरै भए पनि जारी गरेको स्मरण गर्दै अनुकूल समयमा संविधान संशोधन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले त कम्युनिष्टहरु जति सबैलाई एकताबद्ध गर्ने एउटा शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने तथा सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने सपना देखेको हो ।” यस्तो सपना देख्नु नराम्रो नभएको उहाँले बताउनुभयो । जनबोली बाट 

Leave a Reply

Your email address will not be published.