कैलालीका एक युवकलाई जुत्ताको माला र कालोमसो दलेर सामाजिक ब’हिस्कार गरिएको छ । कैलालीका एक युवकलाई जुत्ताको माला र मुखमा का’लो’मसो द’लेर बजार परिक्रमा गराइएको छ। शनिबार दिउँसो जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडा डाडाटोलका बलबहादुर साउँदलाई जुत्ताको माला, कपाल मु’न्डन गराएर कालो मसोसहित वनबहेडा बजार घुमाइएको हो।
उनले म’दि’रा से’वन गरी राति छिमेकीको घरमा प्रवेश गरेको भन्दै स्थानीयले कालो मसोसहित बजार घुमाएका हुन्। साथै उनले म’दि’रा से’व’न गरी स्थानीय महिलालाई फोन गरेर दु’व्र्य’वहार गर्ने गसेको समेत स्थानीयले बताएका छन्।
डाडा टोलका साउँदलाई भारतमा बस्दै आएका थिए। केहीदिन पहिले मात्रै उनी घर आएकाे स्थानीयले बताएका छन्। साउँदलाई अ’मा’नविय व्य’वहार ग’रि’एको भन्दै स्थानीयले प्रहरीमा खबर गरेका थिए। तर प्रहरी नआउँदै स्थानीयले साउँदलाई लुकाएका थिए।
नेकपा एमालेका एक स्थानीय नेताको नेतृत्वमा उनलाई का’लो’म’सो द’ले’र बजार घुमाइएको स्थानीयले बताएका छन्। उता चौमाला प्रहरीले उक्त घटनाबारे आफूलाई कुनै जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएको छ।