0 Comments

अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा कियारा आडवाणी र दिलजीत दोसाँझको पनि शीर्ष भूमिका छ ।

करण जोहर प्रोडक्सनले बनाएको यो फिल्मको ट्रेलर कमेडी छ । फिल्ममा अक्षय कुमार र करीना कपूरको जोडी देखाइएको छ भने कियारा र दिलजितको जोडी देख्न सकिन्छ ।

हस्पिटलको सानो लापरवाहीले दुई परिवारको जीवनमा आएको उतारचढावलाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिएको छ । यो फिल्म डिसेम्बरमा रिलिज हुनेछ । सन् २०१९ मा अक्षय कुमारले ३ हिट फिल्म दिइसकेका छन् । यसै वर्ष अक्षयको चौथो फिल्म पनि रिलिज हुँदैछ ।

 

Author

gururngsirjana@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *