0 Comments

काठमाडौं। सत्तारुढ दलका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको जेठी बुहारी सृजना त्रिपाठी पनि राजनीतिमा सकृय हुन थालेकी छन् । उनी पतिको निधनको दुई वर्षपछि राजनीतिमा सकृय देखिएकी हुन् । एक छोराकी आमासमेत रहेकी सृजना यसअघि राजनीतिक कार्यक्रममा देखिएकी थिइनन् । तर कास्कीमा विद्याा भट्टराई चुनावमा उम्मेदवार बनेपछि उनी पनि राजनीतिक मैदानमा देखिएकी छन् ।

पोखरामा बस्दै आएकी उनी कास्की २ की नेकपा उम्मेदवार विद्या भट्टराईको चुनाव प्रचारमा खटिएकी छन् । विद्यालाई साथ दिँदै चुनावी प्रचार प्रसारमा खुलेर लागेकी उनी पनि अब राजनीतिमा लाग्ने संकेत देखिएको छ । प्रचण्ड पनि केही दिन पोखरा नै बसेर स्वर्गीय नेता रविन्द्र अधिकारीकी पत्नि भट्टराईलाई भोट मागेका बेला सृजनाले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी बिद्यालाई नै जिताउन रातदिन भोट माग्नमा ब्यस्त छिन् ।

प्रचण्ड परिवारका अधिकांश सदस्य राजनीतिमा ब्यस्त रहेका बेला राजनीतिभन्दा बाहिर रहेकी प्रचण्डकी जेठी बुहारी पनि राजनीतिमा आउने संकेत देखिएको हो । प्रचण्डकी कान्छी बुहारी बिना मगर खाने पानी मन्त्री छिन् भने छोरी रेणु भरतपुर महानगरकी मेयर हुन् । परिवारका अधिकांश सदस्य राजनीतिमा लाग्दा सृजना पोखरामा बस्दै आएकी थिइने ।

Author

gururngsirjana@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *