0 Comments

काठमाडौं । आइतवार विहानै देखि सामाजिक सञ्जाल देखि समाचारहरुमा पूर्व राजपरिवारकै चर्चा छ । शनिवार राति राजधानीको ठमेलस्थित एलओडी रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित मस्ती गरेको भिडियो र तस्बिर बाहिरिएपछि आइतवार उनीहरुको चर्चा भएको हो । पूर्वराजा वुहारी हिमानी राज्यलक्ष्मी शाह तथा छोरी र नातिनीका साथ ठमेल पुगेका थिए । उनीहरु त्यहाँ नाचेको दृश्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

पूर्वराजा ज्ञानेन्द्र, हिमानी लगायत राजधानीको एलओडी पुगेका थिए । पूर्वराजपरिवारले त्यहाँ झण्डै २ घण्टा बिताएका थिए । संयोगवश कमेडी च्याम्पियनका लागि केकी अधिकारी, रीमा विश्वकर्मा लगायत पनि त्यहीँ पुगेका थिए । उनीहरूले ज्ञानेन्द्र, हिमानी लगायत अन्यसँग खिचाएको तस्वीर पनि सार्वजनिक भएको छ । पूर्वराजा आउने खबर पाएपछि केकी लगायत अन्य कलाकार ज्ञानेन्द्रलाई कुरेर बसेका थिए ।

एलओडीमा ज्ञानेन्द्र, हिमानी आएपछि त्यहाँको माहोल नै परिवर्तन भएको थियो । सञ्चालकले कलाकारका रुपमा केकीको परिचय गराउन खोज्दा पूर्वराजा ज्ञानेन्द्रले ‘चिन्छु’ भनेको केकीले बताइन् । ‘पूर्वराजाले उहाँलाई म चिन्छु, फिल्म पनि हेरेको छु, भन्नुभयो, मलाई त कस्तो प्राउड फिल भयो,’ केकीले भनिन् ।

एलओडीमा अर्की नायिका पूजा शर्मा पनि पुगेकी थिइन् । उनले पनि पूर्वराजा र हिमानीसँग खिचाएका तस्वीरहरु सामाजिक सञ्जालमा शनिवार नै अपलोड गरेकी थिइन् । यता केकी, रीमा लगायतको टीम पूर्वराजपरिवारसँग भेट गर्न पाउँदा खुशी देखिन्थ्यो । पूर्वराजा र हिमानीले एलओडीमा आएका अन्य दर्शकसँग पनि मस्ती गरेका थिए । उनीहरुसंग हात समातेर नाचेको भिडियो र तस्बिर देख्न सकिन्छ । उनी एलओडीमा ‘ह्याप्पी’ मुडमा देखिएका थिए ।

Author

gururngsirjana@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *