Categories
ताजा समाचार

कैलालीको लम्कीबजार तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र दर्जनौं सेल अश्रु ग्यास प्रहार

कैलाली । ट्रकको ठक्करबाट एकजना छात्राको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले कैलालीमा उग्ररुप लिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९२३३ को ट्रकको ठक्करबाट मंगलबार विहान लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएको थियो । सो घटनापछि सुरु भएको प्रदर्शनले अहिले लम्की बजार तनावग्रस्त बनेको हो । प्रदर्शनका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई अहिले हम्मे हम्मे परिरहेको छ । त्यहाँ अहिले सशस्त्र प्रहरी पनि परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालयबाट थप जनशक्ति मगाइएको छ ।

प्रहरीले ट्रक चालक सुनील भण्डारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताएको छ स्थानीयले ट्रक तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् ।कको ठक्करबाट एकजना छात्राको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले कैलालीमा उग्ररुप लिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९२३३ को ट्रकको ठक्करबाट मंगलबार विहान लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएको थियो । सो घटनापछि सुरु भएको प्रदर्शनले अहिले लम्की बजार तनावग्रस्त बनेको हो । प्रदर्शनका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई अहिले हम्मे हम्मे परिरहेको छ । त्यहाँ अहिले सशस्त्र प्रहरी पनि परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालयबाट थप जनशक्ति मगाइएको छ ।

प्रहरीले ट्रक चालक सुनील भण्डारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताएको छ स्थानीयले ट्रक तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् ।

Leave a Reply

Your email address will not be published.