Categories
समाचार

डोको बुनेर मासिक ४० हजार कमाई

स्याङ्जा । स्याङजा कालिगण्डकी गाउँपालिकाका दामबहादुर गाहा उमेर ढल्किदै जाँदा समेत हरेक दिन डोको बुन्ने काम गर्छन् । युवा पुस्ताको आकर्षण हराएको यो पेशाबाट उनले राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

हेर्दा समान्य लाग्छ डोको बुन्ने काम् । गाउँघरतिर निकै प्रयोगमा आउने डोकोे पछिल्लो समय बुन्ने मान्छेको अभावले उत्पादन नै हुन छाडेको छ । स्थानीय बाँसबाट डोको बुन्न सकिन्छ । डोको गाउँमा मात्र होइन सहरमा पनि खपत हुन्छ । त्यसैले डोको बुन्ने उद्योग सञ्चालन गरी राम्रो आम्दानी कमाउन पनि सकिन्छ । यसतर्फ कसैको ध्यान गएको देखिदैन् । तर स्याङ्जा कालिगण्डकी गाउँपालिकाका दामबहादुर गाहा डोको बुनेरै मासिक चालिस हजार भन्दा बढी आम्दानी गर्छन् । उनले बुनेको डोको एकवटाको ५ देखि ६ सय रुपैयाँ पर्छ ।

दैनिक ४ देखि ५ वटा सम्म डोको, थुम्से तथा स्याखी बुन्न सक्छन उनले । यही डोको बुन्ने कामबाट उनले जो कोही वैदेशिक रोजगारीमा जानेले भन्दा कम कमाउँदैनन् । त्यसैले त उनको परिवार राम्रैसँग चलेको छ । डोको खरिद गर्न ग्राहकहरु घरमै आउने भएकाले बजारको कुनै समस्या नरहेको उनले बताए । उनले बुनेको डोको, सुपो, डालो लगायतका सामाग्री पाल्पा, बुटवल सम्म विक्री गरेको छ । यससँगै उनले कलात्मक डाली पनि बुन्ने गरेका छन् । बाँसबाट निर्मित बस्तुलाई अझ बढी कलात्मक दिने उदेश्यले उनले विभिन्न प्रजातिका बाँस समेत रोपेका छन् ।

बाँसबाट निर्मित कलात्मक बस्तुको माग बढ्दै गर्दा नयाँ पुस्ता भने यसपेशा तर्फ आकर्षित छैनन् । युवाहरु गाउँमै केही गर्ने भन्दा पनि वैदेशिक रोजगारीमा जाने प्रवृतिले गर्दा पुराना मौलिक कलात्मक वस्तुहरु उत्पादन गर्नेकाम लोपहुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published.