0 Comments

पाँचखाल नगर, कृषि शहर’ भन्ने नारा बोकेको पाँचखाल नगरपालिकाले कृषि र पशुपालनका क्षेत्रमा आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न गरेका कार्यक्रमबाट कृषकहरु लाभान्वित भएको दाबी गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि नगरपालिकाले खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्वप्रतिबन्ध लगाएको छ । ‘राजधानीको वैकल्पिक खेतीयोग्य जमिन भएको नगरका रुपमा चिनिएको पाँचखालमा खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

अन्य समाचार

कृषि र खाद्य सुरक्षामा एडीबीको सहयोग, ५ अर्ब ६० करोड ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको छ । एडीबी बोर्ड बैठकले नेपालको कृषि र खाद्य सुरक्षाका लागि ५ अर्ब ६० करोड ऋण स्वीकृत गरेको हो ।

नेपालको खाद्य सुरक्षाका उपायहरुमा सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिको व्यवसायीकरण प्रवद्र्धन गर्न ५ करोड अमेरिकी डलर (रु ५ अर्ब ६० करोड) ऋण स्वीकृत गरेको एडीबीका वरिष्ठ सार्वजनिक व्यवस्थापन अर्थशास्त्री नाभेन्दु करणले जानकारी दिए । यो समाचार आजको आर्थिक आर्थिक अभियान दैनिकमा छ ।

Author

ghimire.subash8@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *