0 Comments

नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ ।

पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ । चुम (स्यार) र नुब्री (लार्के) दुईवटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको छ ।

नेपालका अधिकांश भाषा मौखिक परम्परामा आधारित छन् र लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन । भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ ।

आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गरेका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् ।

अन्य समाचार

निगमले पटक–पटक टेन्डर आह्वान गर्दा पनि बोइङ– ७५७ बिक्री प्रक्रिया लम्बियो

नेपाल वायु सेवा निगमले पटक–पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि बोइङ–७५७ बिक्री प्रक्रिया लम्बिदै गएको छ । उक्त विमान खरिद गर्न उपयुक्त कम्पनीको टेन्डर नआएकाले आपसी समझादारीमार्फत जहाज बिक्री गर्न निगमले इच्छुक कम्पनीलाई वर्ताका लागि आह्वान गर्ने भएको छ ।

पछिल्लो समय निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबीच बिक्री प्रक्रियाका लागि आवश्यक समन्वय हुन नसक्दा ६ महिनादेखि उक्त कार्य लम्बिदै आएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Author

ghimire.subash8@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *