0 Comments

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ रुपैयाँमा कारोबार भएको हो । यसअघि आइतबार सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ७० हजारमा ७०० मा कारोबार भएको छ। चाँदी भने तोलामा ८७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्य समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको गल्छी शाखाद्वारा रक्तदान

सांग्रिला डेभलपमेन्ट बैकको आफनो १५ औं वार्षिकउत्सवको अवसरमा धादिङस्थित गल्छी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालय गल्छीले जिल्ला रेडक्रस सोसाइटी धादिङको प्राविधीक सहयोगमा बृहत रक्तदान जीवनदान कार्यक्रम यही कार्तिक १७ गते बिहान १० बजे देखि दिउँसो ४ः३० सम्म सच्चालन गरिएको थियो ।

कार्यक्रममा गल्छी गा.पा.अध्यक्ष कृष्ण हरि श्रेष्ठले गल्छी चोकमा धेरै बैंकको शाखा आएका तर सांग्रिला बैकको शाखा आएको १ वर्ष नपुग्दै धेरै किसिमका कार्यक्रमहरु दिएर स्थानिय जनताहरुको मन मनमा बस्न सफल भएको बताए ।

कार्यक्रममा बोल्दै शाखा प्रमुख गौरब काफलेले देशमा हाल रगतको चरम अभाव भएकाले आफनो शरिरबाट खेर जाने रगतबाट कसैको जीवन बचाउन सकिने भएकाले यस्तो पवित्र काम सवैले गर्नुपर्ने बताए ।

बैंकले ‘रक्तदान महादान’ भन्ने मुल नाराका साथ रक्त संकलन कार्यमा अहम भूमिका खेल्दै आइरहेको बैंकले बताएको छ । बैंकले सामाजिक उतरदायित्व अन्र्तगत रहेर गल्छी शाखालगायत ८७ ओटै शाखा कार्यालयबाट यस्ता किसिमका सामाजिक उतरदायित्वको कार्य गर्दै आएको जनाएको छ ।

Author

ghimire.subash8@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *