0 Comments

दोलखा– सिन्धुपाल्चोकको सुकुटे बस दु*र्घ*टनामा परी मृ*त्यु हुनेको शोकमा सोमबार शैलुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ। गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शोक विज्ञप्ति प्रकाशित गरी शोकको घडीमा एक दिन गाउँपालिका भर सार्वजनिक विदा दिने जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो शोकको घडीमा सिंगो शैलुङ गाउँपालिका शोकमा डुबेको छ। शोकलाई शक्तिमा बदल्न आग्रह गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय शैक्षिक संस्था, गैरसरकारी संघ संस्थाका कार्यालयहरु बन्द रहनेछन्।’

आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ख ७२४५ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ को सुकुटेनजिकै नदीमा खस्दा ६ बालबालिकासहित १८ जनाको मृ*त्यु भएको थियो भने ५१ जना घाइते भएका छन् ।

मृ*त्यु भएका १८ जनामध्ये दोलखा जिल्लाका १५ जना परेका छन्, जसमा शैलुङ गाउँपालिकाका मात्र १४ जनाको मृ*त्यु भएको छ ।

अन्य समाचार

ढकाललाई उम्मेदवार बनाएको भन्दै भक्तपुरमा विरोध, पार्टी कार्यालयमा तालाबन्दी

भक्तपुर प्रदेशसभा क्षेत्र नम्बर १(क) मा उम्मेदवारीको विषयमा नेकपाभित्र विवाद देखिएको छ । नेकपा सचिवालय बैठकले आइतबार देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने निर्णयसँगै विवाद देखिएको हो । निर्णयको विरोधमा सोमबार चागुनारायणका नेकपाका कार्यकर्ताहरुले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेसँगै विवाद सतहमा आएको हो ।

असन्तुष्ट रहेका नेकपाका कार्यकर्ताले केहीबेर नारा जुलुस समेत गरेका थिए । २०७४ सालमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा पनि ढकाल उम्मेदवार रहेका थिए । उनी हाल नेकपा भक्तपुर जिल्ला कमिटीका सचिव हुन् ।

Author

ghimire.subash8@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *