Categories
ताजा समाचार

ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने पक्राउ

चितवन– भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको छ । अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।

गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो । कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा३ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आक्रमण भएको थियो ।

अन्य समाचार

अहिले पनि महिलामाथि विभेदको अवशेष छ : मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइने बताएका छन्। विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल सरकारले गत जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस–२०७६ मनएको र सो अन्तर्गत ‘लैङ्गिक हिंसामुक्त देश’ अभियानलाई सङ्घ, प्रदेश र स्थानीय तहले मनाइरहको जानकारी दिइन् ।

सो अभियानलाई सफल बनाउन तीनै तहका सरकारले सबैको सहयोग लिनुपर्नेमा जोड दिँदै उनले अहिले पनि महिलामाथिको विभेद अवशेषको रुपमा रहेकाले त्यसलाई अन्त्य गरी समतामूलक समाज निर्माण गरिनुपर्ने बताइन् ।

मन्त्री थापाले महिला मैत्री समाज निर्माणका लागि तीनै तहका सरकारले गम्भीर रुपमा लिई पालिकादेखि वडासम्म योजना, कार्यक्रम र आवश्यक सुझाव सङ्कलन गर्नाका साथै उक्त अभियानलाई निरन्तरता दिन नियम कानूनको प्रभावकारी अभ्यास र ग्रामीण क्षेत्रका महिलालाई संवैधानिक अधिकारका विषयमा सुसूचित गराउनुपर्ने आवश्यकता पनि औँल्याइन् ।

एक प्रश्नको जवाफमा उनले प्रदेश प्रमुखहरुमा ३३ प्रतिशत महिलाको सहभागिताका लागि पार्टी तथा सरकारलाई सुझाव दिइएको र स्थानीय तहमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published.