0 Comments

काठमाडौँ– काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ।

जिल्ला अदालत रौतहटले सोमबार जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको हो । आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ । समयअभावका कारण थुनछेक बहस भने सोमबार नभई मंगलबारबाट मात्रै हुने भएको छ ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । सोमबारै आलमलाई जिल्ला अदालत लगिएको छ ।

अन्य समाचार

प्रदेश प्रमुखहरू पदमुक्त गर्नु अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण : साझा पार्टी

सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई अनायासै पदमुक्त गरेको निर्णयप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ। पार्टीले सरकारको पछिल्लो कदमलाई अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण भएको टिप्पणी समेत गरेको छ ।

‘पाँच वर्षका लागि संवैधानिकरूपमा नियुक्त भएका प्रदेश प्रमूखहरूलाई हालको प्रमूख प्रतिपक्षि र तत्कालिन सत्तारूढ पार्टी नेपाली काँग्रेसको सरकारले नियुक्त गरेकै कारण एकै पटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण हो,’ पार्टी प्रवक्ता डा। सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारको उक्त निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने प्रकृतिको गैर(राजनीतिक कदम भएको पार्टीको जिकिर छ। यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन नसक्ने पार्टीको ठहर छ।

‘दुई–तिहाई समर्थन प्राप्त शक्तिशालि सरकारले देशलाई विकास र संवृद्धिको मार्गमा डोर्याउन गर्नु पर्ने अनगिन्ति कामहरू छन् तर सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरि ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैँ तपशीलका विषयहरूमा अल्झिनु अत्यन्तै खेदजनक विषय ह,’ विज्ञप्तिमा भनिएको छ ।

Author

ghimire.subash8@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *