0 Comments

2019.05 महिना सम्मा अध्यगामन तथ्यांकानुसार कोरियामा बिदेशीको सख्या 23,93,180 जना छन । जसमा नेपालीको संख्या 40,732 जना रहेको छन । बिदेशी संख्या बृद्दिसंगै अवैधानीक रूपमा कारोबारगर्ने व्यक्तिहरू पनि धेरै छन् । आजभोलि नेपाली दाजुभार्इ दिदीबहिनीहरू समस्यामा पर्ने धेरै छन्। तपाईलाई थाहा नहुदाँ पनि तपाई समस्या परेको हुन सकिन्छ । त्याहि भएकोले निम्न कुरामा एकदम ध्यान दिनहोला

1. हामीले आफ्नो विदेशी दर्ता कार्ड अरुलाई दिने अथवा कुनै सामाजिक संजाल तिर फोटो खिचेर अपलोड गर्ने गर्नु हुदैन। यसो गर्नले हाम्रो व्यक्तिगत विवरणको कसैले गलत ढंगले फाईदा उठॉउन सकिन्छ ।

2. राहदानी मेरो पहिचान हो यस कुनै पनि अवश्थामा अरूलाई दिनु हुदैन । यसको फोटोकापीबाट कसले के गर्छ थाहाँ हूँदैन ।

3. जोसुकैलाई आफ्नो बैंकको क्रेडिड कार्ड वा पासबुक दिने वा पुरा कार्डको नम्बर थाहा दिनु हुदैन। कसैले यस्को अवैधानिक रुपमा हुन्डी गर्न र अरु कुनै तरिकाबाट तपाईको नाममा गलत काम गर्न पनि सक्छ।

माथी उल्लेखित कुरा एक पटक राम्रो सँग सोच्नु होला भोलिको दिनमा तपाईलाई समस्या पर्न सकिन्छ।

Author

ghimire.subash8@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *