Categories
राजनीतिक

सातै प्रदेशका प्रमुख पदमुक्त

काठमाण्डाै – सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकाे छ । मन्त्रिपरिषद्काे आइतबारकाे बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाे हाे ।

मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएकाे हाे । संविधानकाे धारा १६५ काे उपधारा १ (ख) बमाेजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएकाे हाे ।

प्रदेश १ प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश ५ प्रमुख उमाकान्त झा, कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका हुन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।


अन्य समाचार

नेकपाद्वारा २ नम्बर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, सरकार नढल्ने

नेपाल कम्युनिष्ट पार्टीले २ नम्बर प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दुवै पार्टीले समर्थन फिर्ता लिएको छ । प्रदेश सरकारले आफुहरुको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेकपाले समर्थन फिर्ता लिएको हो।

आइतबार बसेको प्रदेशसभाको दोश्रो अधिवेशनको पहिलो बैठकमा तत्कालिन एमालेको संसदीय दलका नेता सत्यनारायण मण्डल र तत्कालिन माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले १ सय दिनमा सरकारले सोचेजस्तो काम नगरेकाले समर्थन फिर्ता लिएको बताउनुभएको हो । सरकार आफुखुशी चलेको दुवैजनाको भनाई छ । यसैबिच प्रदेशसभाको बैठक अहिले अवरुद्ध भएको छ ।

सरकार नढल्ने
नेकपाले समर्थन फिर्ता लिएपनि प्रदेश सरकारसँग भने बहुमत कायमै छ । १ सय ७ सदस्यीय प्रदेशसभामा सत्तारुढ संघीय समाजबादी फोरम र राजपा मिलुन्जेल बहुमत कायमै हुनेछ ।

दुवै दलका गरि ५४ जना सांसद छन् भने एकजना स्वतन्त्र सांसदले पनि सरकारलाई नै समर्थन गरेका छन् । सरकार गठन गर्न ठ्याक्कै ५४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

तर अब विपक्षी भने बलियो भएको छ । यसअघिसम्म कांग्रेस बाहेक सवै दल र स्वतन्त्र सांसदको पनि समर्थन सरकारलाई रहेकोमा अब नेकपा र काँंग्रेस विपक्षी दल बन्न पुगेका छन् ।

Leave a Reply

Your email address will not be published.