Categories
ताजा समाचार

नेपाली कथानक चलचित्र“मेरो दिल छ पोखरामा“ पोष्ट प्रोडक्सनमा ।

काठमान्डाँै , कात्र्तिक १२
बिजि बर्मा फिल्मसको ब्यानरमा नेपाली कथानक चलचित्र “मेरो दिल छ पोखरामा“को अहिले पोष्ट प्रोडक्सन भैरहेको निमार्ण पक्षले बताएको छ  । कला राईको प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र “मेरो दिल छ पोखरामा“ मा युवा युवती विचको  प्रेम र रोमान्सलाई समेटेर चलचित्र बनाएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए  ।

“मेरो दिल छ पोखरामा“को कथा बस्तुमा चलचित्र भित्रकै कथा लाई उठाएको छ। चलचित्र बन्दा के कस्तो हुन्छ कसरी बन्छ चलचित्र केही चिरफार गर्ने प्रयास गरेको छ । यस चलचित्रमा रन्जु रन्जना र राजु पौड्याल , धुव्र सिंह तामाङ,कला राई ,दीपक राई गगां कुवँर, लक्ष्मी श्रेष्ठ ,हेमलता घिमिरे, विशाल सुनुवार को अभिनय रहेको छ  ।
गायक सिडि बिजय अधिकारी ,पुष्कर सुनुवार,शंकर अधिकारी घायलको संगीत मा दिपेन्द्र खड्का र घायलको गीत, नित्याशिवा, सिडि बिजय र ममता रानाको स्वर रहेको छ  । रामकृष्ण कडेँलको छायाँकन ,  देव महर्जन को द्वन्द,राजन महर्जन को नृत्य , लक्ष्मण भण्डारी सहायक निर्देशक छन । यहि पौष ११ लाई रिलिज मिति तोकेर धमाधम पोस्ट प्रोडक्सनको काम भैरहेको छ  ।

तिहारमा फेरि चितुवाले मान्छे खायो, दिउँसै आउँछ आँगनमा चितुवा ? (स्थलगत रिपोर्ट)

नहुँको भानु नगरपालीका पछिल्लो समय नरभक्षी चितुवाको त्रासमा छ । स्थानीयहरु हरेक दिन बाघ (चितुवा)को डरमा बाँचिरहेका छन् ।

अघि मात्रामा बन क्षेत्र भएको र बनमा चितुवाले खाने जनावर केही नभएकाले चितुवा घर गाउँ पसेको धेरैले अनुमान लगाएका छन् तर पनि भानु नगरपालिकासंग बाघको संख्या तथ्याङ्कमा छैन ।

दशैको टिकाको दिनमै चितुवाले भानु १ का आशिक बानियाको ज्यान लियो, त्यसको एक हप्तामै १३ बर्षकी सोनिया अच्छामीलाई घाईते बनायो फेरी गोरु तिहारकै दिन भानु २ का सात बर्षिय रितिक रोकालाई घरकै आँगनबाट लग्यो । कक्षा २ मा अध्ययन गर्ने रितिकको शब घर भन्दा केही माथी फेला परेको थियो ।

अन्य घटनामा रगत मात्र खाएको चितुवाले यो पटक भने मासु समेत खाएको स्थानीयले बताएका छन । बारम्बार आक्रमण र ज्यान जान थालेपछि स्थानीयहरुले धार्मिक किम्बदन्ती बारे पनि कुरा उठाएका छन् ।

देबी बौलाएको, मानिस नै बाघ बनेको जस्ता कुराहरु पनि आएका छन् । बाघले घडी समेत लगाएको भन्ने हल्ला समते गाउँमा फैलिएको छ । तर भानु नगरपालिकामा बिगत दुई बर्ष देखी चितुवाको आक्रमणकै कारण छ जनाले ज्यान गुमाएका छन् भने चार जना घाईते भएका छन् । हेनुहोस् यो स्थलगत रिपोर्ट

Leave a Reply

Your email address will not be published.