Categories
ताजा समाचार

प्रधानमन्त्रि केपी शर्मा ओलीले दशैँको टिका बुवाको हातबाट ग्रहण,पत्नी राधिका शाक्य थाम्न सकिनन् हाँसो जब बुवाले दिए यस्तो मज्जाको आशिर्वाद (हेर्नुहोस भिडियो सहित)

प्रधानमन्त्रि केपी शर्मा ओलीले दशैँको टिका बुवाको हातबाट ग्रहण गरेका छन् । प्रधानमन्त्री कार्यालयमा टिका ग्रहण गर्दै केपी ओलीले आशिर्वाद लिएका छन् । बुवासंग टिका ग्रहण गरे संगै प्रधानमन्त्रीले भिआईपिहरुलाई टिका लाइदिएका छन् भने सर्वसाधरणहरु ले पनि टिका लाइदिएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार अपरान्ह २ बजेर ३६ मिनेटमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुबा मोहनप्रसादको हातबाट बडा दसैंको टीका र जमरा ग्रहण गरेका हुन् । त्यसपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई दसैैंको टीका र जमरा लगाई दिए ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका नेताहरु, सांसदहरु, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई, आफ्ना सुरक्षाकर्मीहरु र सचिवालयका अन्य सदस्यहरुलाई टिका र जमरा लगाई सर्वसाधरण लाइ टिका लाईदिएका हुन् ।

राष्ट्रपतिबाट प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावलाई टीका
राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाउनुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाउनुभएको हो ।

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published.