Categories
ताजा समाचार

मिर्गौलामा रहेको पत्थरीको अपरेसन गर्दा अस्पतालमा बिरामीको मृ*त्यु, श्रीमान बेहोस,अस्पतालले आफ्नो कमजोरी सच्याउन भन्दा आफन्तलाई पैसाले किनेर यथार्थ लुकाउने गरेको खुलासा (हेर्नुहोस भिडियो सहित)

मिर्गौलामा रहेको पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृ त्यु भएको छ। शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृ त्यु भएको हो।

अनिताको मृ त्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन्। उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। आन्दोलित आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको प्रहरीले जनाएको छ।

पटकपटक उपचारमा आएका बिरामीको मृ त्यु हुँदापनि अस्पतालले आफ्नो कमजोरी सच्याउन भन्दा आफन्तलाई पैसाले किनेर यथार्थ लुकाउने गरेको छ। आइतबार भएको घटनामा पनि अस्पताल प्रशासनले २० लाख दिएर घटना गुपचुप पारेको छ। भने जेठमा भएको घटनामा पनि अस्पतालले परिवारलाई क्षतिपुर्ति दिएको थियो ।

https://youtu.be/EY-WJ90-PrU

यो पनि हेर्नुहोस -दशैंमा घर पोत्ने माटो लिन गएकी महिलाकाे ढिस्कोमा पुरिएर मृ’त्यु

माटोको ढिस्कोमा पुरिएर सुर्खेतको सिम्ता गाउपालिकामा एक महिलाको मृ’त्यु भएको छ ।

दशैमा घर पोत्ने रातो माटो लिन गएकी नेपाली काँग्रेस सिम्ता गाउँपालिका वडा नम्वर ३ का सभापति अम्मर भण्डारीका श्रीमति ४९ बर्षिया दिपा भण्डारीको मृ’त्यु भएको हो ।

आइतबार बेलुका ५ बजे तिर घर नजिकैको बयान जंगलमा रातो माटो लिन गएका बेला माटो खन्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरेपछि घटना स्थलमै मृ’त्यु भएको सिम्ता गाउँपालिकाका सामाजिक परिचालक चन्द्रबहादुर शाहीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.