Categories
राजनीतिक

विद्यादेवी भण्डारीलाई ट्युसन पढ्न आग्रह-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश

काठमाडाैं ५ असाेज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन पढ्न आग्रह गरेका छन्। एक सार्वजनिक कार्यक्रममा राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई होच्याएर बोलेपछि राष्ट्रपति भण्डारीको आलोचना भएको छ।

यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ। नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानका क्रममा शनिबार इलाम आएका प्रवक्ता शर्माले भने– ‘राष्ट्रपति भण्डारीले आफूले के बोल्ने, के नबोल्ने भन्ने बारेमा ज्ञान छैन भने उहाँले पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन लिए हुन्छ।’

‘कम्युनिस्ट नेताको बोली जनताले बुझे तर कर्म बुझेनन्, कांग्रेस नेताको बोली बुझेनन् तर कर्म बुझे’, नेता शर्माले भने– ‘बोली बुझिने चार जना कम्युनिस्ट नेताको नेतृत्वमा सरकार बन्यो तर देशले संविधान पाएन, तर बोली नबुझिने कांग्रेस नेताको नेतृत्वमा सरकार बन्यो देशले संविधान पायो, अनि शान्तिपूर्ण ढंगबाट देशमा तीनैतहको निर्वाचनसमेत भयो।’

कांग्रेसका सुशील कोइरालाको बोली बुझिँदैन थियो तर उहाँकै नेतृत्वमा देशले संविधान पायो, वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको बोली बुझिँदैन तर उहाँकै नेतृत्वमा देशमा तीनै तहको निर्वाचन सम्पन्न भयो। बोली बुझिने कम्युनिस्ट नेताको नेतृत्वमा सरकारहरू बने तर संविधान बनेन तर बोली बुझ्ने कम्युनिस्ट नेताको कर्म नबुझ्दा देशका जनता हैरान बनेको शर्माको भनाइ थियो।

यो पनि हेर्नुहोस -यो मन्त्रिमण्डलबारे मलाई केही नसोध्नुस्, यसले मलाई हैरान पारेको छ: प्रचण्ड

विराटनगर, असोज ५ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अराजक र उच्छृङ्खल गतिविधिको प्रतिवाद गर्ने बताएका छन्। थारु समुदायको जितिया पर्वमा सहभागी हुन आइतबार सुनसरी पुगेका प्रचण्डले सरकार र दलहरूबीच अराजक र उच्छृङ्खल गतिविधिको प्रतिवाद गर्ने कुरामा संसद्‍मा भएका राजनीतिक दलहरूबीच समझदारी भएकोु बताएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिने बेला आएको उल्लेख गरेका ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँठाउँमा बढेका कारण सबै सर्तक भने हुनुपर्नेमा उनले जोड दिए । त्यस्तै प्रचण्डले प्रधानमन्त्रीले चाहेको बेलामा मात्रै मन्त्री फेरबदल हुने बताएका छन् । यो मन्त्रिमण्डलबारे मलाई केही नसोध्नुस्। यसले मलाई हैरान पारेको छ, उनले भने, ‘प्रधानमन्त्रीले चाहेको बेला पुनर्गठन हुन्छ। नत्र हुन्न। यो प्रधानमन्त्रीको क्षेत्रभित्रको विषय हो।’

उनले मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको तजबिज हो, आवश्यकता अनुसार त्यसलाई प्रधानमन्त्रीले नै फेरबदल गर्न सक्ने कार्यक्षेत्र भित्रै पर्ने भएकाले यस विषयमा आँफुलाई बारम्बार प्रश्न् नर्गन आग्रह गरे । उनले भ्रष्टाचारविरुद्ध सरकार र पार्टी अगाडि बढिरहको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published.