Categories
ताजा समाचार

‘कम्युनिष्ट राता मण्डले हुन्, यिनलाई अब देशवाट विदा गरिन्छ’ बालकृष्ण न्यौपाने (भिडियो हेर्नुस्)

काठमाडौं, ५ असोज । भ्रष्टाचार विरुद्धको अभियन्ताको दावी गर्ने बालकृष्ण न्यौपानेले यो संविधान मान्दैनौं भनेर जलाउनेहरुलाई कारवाही गर्न चेतावनी दिएका छन् । उनले अहिले संविधान जिवित नरहेको प्रतिकृया दिँदै त्यसरी सार्वजनिक रुपमै संविधान मान्दैनौं भन्नेलाई कारवाही गर्न चेतावनी दिएका हुन् । प्रदेश २ मा सरकारमै रहेकाहरुले समेत संविधान मान्दैनौं भनेर ठाडो उद्घोष गरेको भन्दै उनले चेतावनी दिएका छन् ।

उनले सरकारले राज्य आतंक चलाउन चाहेको दावी गरेका छन् । आफ्नो विरोध गर्नेलाई निमिट्यान्न पार्न तर्फ सरकार लागेको बताएका छन् । उनले कम्युनिष्टलाई राता मण्डलेको उपनाम दिएका छन् । उनले आफुहरुले राता मण्डलेलाई विदा गर्ने चेतावनी दिए । जसरी पूर्व मण्डलेलाई विदा गरियो त्यसैगरी राता मण्डलेलाई पनि विदाई गर्ने चेतावनी दिए । उनले कम्युनिष्ट राजनीतिक नेता समेत नभएको टिप्पणी गरेका छन् । उनले भ्रष्टाचार विरुद्ध उठेको अभियान विरुद्ध सरकार आत्तिएको भनाई छ । लोकतन्त्रमा सबैलाई बोल्न र हिडडुल गर्न पाउने भन्दै ज्ञानेन्द्र शाहलाई जिल्ला जिल्लामा निषेध गरेका कारण संविधान सकिएको टिप्पणी गरे ।

संविधानमा भएको अधिकार विरुद्ध सरकारनै लागेका कारण यो मुलुकमा संविधान सकिएको प्रतिकृया दिए । उनले प्रदेश नंबर दुईमा संविधान मान्दैनौ भन्नेलाई कारवाही गर्न नसक्ने बताए । उनले पूर्व माओवादीले पनि अहिलेको संविधान नमान्ने उनको भनाई छ । पूर्व माओवादीले पनि झण्डा फेर्ने कुरा गरेको भन्दै त्यो संविधान विरुद्धको कुरा भएको बताए । ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्ने प्रहरीले शाहीलाई कुटपिट गर्नेलाई कारवाही नगरेको भन्दै आक्रोश ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.